दसैँका लागि अग्रिम टिकट बुकिङ यही साताबाट, सरकार र व्यवसायीबीच ७ बुँदे सहमति
काठमाडौं । दसैँतिहारलाई लक्षित गरेर यही साताबाट सार्वजनिक यातायातकोअग्रिम टिकट खुलाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा शनिबार व्यवसायीससहितको बैठकले चाडपर्वमा यात्रुको सुविधाको लागि ७ बुँदे सहमति गरेको छ ।
मन्त्रालय र व्यवसायीबीच भएको सहमतिअनुसार घटस्थापना अगाडि नै सबै सडक मर्मत गरी यातायात सुचारु गर्न सडक विभागलाई निर्देशन दिइएको छ । बीपी राजमार्ग सडक सुरक्षाका लागि साना सवारीमात्र चलाउन एवम् रात्री सवारी सञ्चालन नगर्ने विषय प्रभावकारी रूपमा लागू गृहमन्त्रालयमा अनुरोध गरिएको छ ।
व्यवसायीले लामो समयदेखि उठाउँदै आएको भाडादर समायोजनको माग छठपछिको हप्तामा कार्यान्वयन गर्ने गरी व्यवस्था मिलाउन विभागलाई निर्देशन दिइएको छ ।
यस्तो छ व्यवसायी र मन्त्रालयबीचको सहमति