सुदूरपश्चिमको बजेट बहुमतले पारित – Nepal Press

सुदूरपश्चिमको बजेट बहुमतले पारित

काठमाडौं । सरकार परिवर्तन भएपछि दोस्रो पटक आएको सुदूरपश्चिम प्रदेशको बजेट बहुमतबाट पारित भएको छ । सत्तारुढ नेपाली कांग्रेसले बजेटमा असन्तुष्टि जनाएपनि आइतबार बसेको प्रदेशसभा बैठकले बहुमतले पारित गरेको हो ।

बहुमतले बजेट पारित हुनुअघि बजेटमाथिको छ्लफलमा सहभागी भएका लगभग सबै प्रदेशसभा सदस्यले बजेटमा असन्तुष्टि जनाएका थिए । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले ३१ भदौमा चालु आर्थिक वर्ष २०८१/८२ को बजेट प्रदेशसभामा पेस गरेका थिए ।

थापाले प्रदेशसभामा प्रस्तुत गरेको बजेटको कुल अंक भने ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रहेको छ । चालूतर्फ १२ अर्ब ८५ करोड ७४ लाख ५ हजार र पुँजीगततर्फ १८ अर्ब ७६ करोड २४ लाख २३ हजार बजेट विनियोजन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *