एसियन च्याम्पियनसीपमा एरिकाले जितिन् रजत, फाइनलमा भियतनामी खेलाडीसँग पराजित – Nepal Press

एसियन च्याम्पियनसीपमा एरिकाले जितिन् रजत, फाइनलमा भियतनामी खेलाडीसँग पराजित

काठमाडौं। नेपालकी एरिका गुरुङ एसियन सिनियर कराते च्याम्पियनसिपमा रजत पदकमा सीमित भएकी छिन्।

उनले फाइनलमा भियतनामी खेलाडीसँग पराजय ब्याेहोरिन्। यसअघि एसियन सिनियर कराते च्याम्पियनसिपमा कुनैपनि नेपाली खेलाडी फाइनल पुग्न सकेको थिएन।

एरिकाले सेमिफाइनल जितेर ऐतिहासिक सफलता प्राप्त गरेकी थिइन्। एरिका एसियन गेम्सकी पनि रजत पदक विजेता हुन्।

एरिकाले फाइनल यात्रा तय गरेपछि नेपालका लागि उनले थप अर्को इतिहास लेख्न सक्ने अनुमान गरिएको थियो। तर उनी अन्तिम समयमा सम्हालिन सकिनन् र प्रतिद्धन्द्धीले लगातार अंक बटुलेकी थिइन्।

एरिकाले गत एसियाली खेलकुदमा नेपालका लागि रजत दिलाएकि थिइन्। एसियाली खेलकुदको एकल स्पर्धामा नेपालले जितेको त्यो इतिहासकै दोस्रो रजत पदक थियो।

सन् १९९८ को एसियाडमा तेक्वान्दोकी सवितराज भन्डारीले अन्तिमपटक रजत जितेकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *