दुर्गा प्रसाईलाई पक्राउ गर्न साइबर ब्यूरोका प्रहरी कमेरोटारमा (भिडिओ) – Nepal Press

दुर्गा प्रसाईलाई पक्राउ गर्न साइबर ब्यूरोका प्रहरी कमेरोटारमा (भिडिओ)

भक्तपुर । पछिल्लो समय विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने अभिव्यक्ति दिँदै आएका बि एण्ड सी मेडिकल कलेजका सन्चालक दुर्गा प्रसाईलाई पक्राउ गर्न साइबर व्युरोका प्रहरी उनको निवास पुगेका छन् ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ६ कमेरोटारमा साइबर ब्यूरोका ३ भ्यान प्रहरी अहिले प्रसाईलाई पक्राउ गर्नका लागि पुगेका हुन् ।

प्रसाईसहित उनीसँगै रहने युट्युवरहरु प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गत साता नै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो । रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाले उनीहरुविरुद्ध साइबर व्युरोमा जाहेरी दिएका थिए ।

विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने,बेश्यावृति गरेको आरोप लगाउँने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै उजुरी परेपछि अदालतको अनुमतिमा पक्राउ गर्नुपरेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर