दुर्गा प्रसाईं पक्राउ, एक घण्टासम्म गेट नखोलेपछि भर्‍याङ लगाएर प्रहरीको प्रवेश (भिडिओ) – Nepal Press

दुर्गा प्रसाईं पक्राउ, एक घण्टासम्म गेट नखोलेपछि भर्‍याङ लगाएर प्रहरीको प्रवेश (भिडिओ)

भक्तपुर । साइबर अपराधको मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिएको छ । साइबर व्युरोबाट पक्राउ गर्न गएका प्रहरी एक घण्टासम्म पनि ढोका नखोली भित्रबाट अपशब्द प्रयोग गरिएपछि भर्‍याङ लगाएर घरको कम्पाउण्डमा प्रवेश गरेको थियो । त्यसक्रममा हातपातमा उत्रिएका प्रसाईंका अंगरक्षकलाई नियन्त्रणमा लिइएको थियो ।

साइबर व्युरोबाट डीएसपीको नेतृत्वमा गएको प्रहरी टोलीलाई महानगरीय प्रहरी परिसर भक्तपुर र ठिमी वृत्तले सघाएका छन् । प्रहरीले शुरुमा ३ मिनेटभित्र ढोका खोल्न भने पनि भित्रबाट एक घण्टासम्म ढोका खुलेन । उल्टै घरभित्रबाट अपशब्द प्रयोग गर्दै गालीगलौज गरिएपछि प्रहरी बलजफ्ती प्रसाईंको घर कम्पाउन्डमा छिरेको हो ।

भर्‍याङ लगाएर कम्पाउन्डमा प्रहरी प्रवेश गरेको घटनास्थल कमेरोटारमा रहेका नेपाल प्रेस संवाददाता दिनेश थापाले जानकारी दिए । घरभित्र प्रसाईं र उनीसँगै रहने केही युट्युबर थिए ।

प्रसाईसहित उनीसँगै रहने युट्युवरहरु प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गत साता नै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो । रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाले उनीहरुविरुद्ध साइबर व्युरोमा जाहेरी दिएका थिए ।

विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने,बेश्यावृति गरेको आरोप लगाउँने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै उजुरी परेपछि अदालतको अनुमतिमा पक्राउ गर्नुपरेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

One thought on “दुर्गा प्रसाईं पक्राउ, एक घण्टासम्म गेट नखोलेपछि भर्‍याङ लगाएर प्रहरीको प्रवेश (भिडिओ)

  1. नेपालको दुर्गति को यौटा मुख्य कारण भनेको दण्ड हिनता हो !!
    १. गल्ति वा अपाराध गर्नेलाई यो वा त्यो बाहनामा माफी दिने, हुल हुज्जत गरेर दवाब दिने र त्यो सक्ति देखाएर जेल/ अपराध मुक्त हुने : ठुलो र चर्चित भए पछि जे गर्दा हुन्छ, हुलको माझमा भए पछि सुरक्षित हुने यस्तो गलत चलनले गल्ति गर्ने वा अपराधि को मनोबल बढ्ने र इआन्दार र सत्य निष्ठा भएका हरुको मनोबल घट्ने र परिणाम स्वरुप अपराध बढ्ने, मनपरी बढ्ने र समाज नै अस्त ब्येस्त बन्ने !!
    ३. अनि अर्को कुरा : जत्ति सुकै ठुलो अपराध गरे पनि यौटा ‘मास’ लाई तताउने कुरा (काम हैन) गरी दिए पछि त्यो हुल उसलाई चोख्याउन ज्यान दिने (हुन त त्यो खान पिन को ब्येवास्था भएरै भएको होला) !! यो प्रवृत्तिको अन्त र कानुनको सहि पालना’ आजको आवस्यकता !!!
    ४. समाज भाड्न, असभ्य, अमर्यादित र अराजक कर्म गर्न कोहि अघि नसरुन !! कसैले गल्ति गर्छ भने गल्ति अनुसारको सजाय पाओस !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर