संविधान संशोधनको कुराले आत्तिनुपर्ने अवस्था छैन: गृहमन्त्री लेखक (भिडिओ) – Nepal Press

संविधान संशोधनको कुराले आत्तिनुपर्ने अवस्था छैन: गृहमन्त्री लेखक (भिडिओ)

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधनको कुराले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

संविधान दिवसको सन्दर्भमा आइतबार सिंहदरबारमा आयोजित कार्यक्रममा लेखकले संविधान जारी भएको १० वर्षमा समीक्षा गर्नुपर्ने भएकाले संविधान संशोधनको कुराले आत्तिनुपर्ने अवस्था नरहेको बताएका हुन् ।

 

उनले संविधान कार्यान्वयनको समिक्षामार्फत सवल र दुर्वल पक्षको पहिचान गर्दै राष्ट्रियस्तरको छलफल गरेर यसलाई परिमार्जन गर्नुपर्ने धारणा राखे । संविधान संशोधन एउटा कार्यालयको पार्टी कार्यालयबाट नहुने भन्दै सवै राजनीतिक पार्टीकाबीचमा सहकार्यबाट संसदबाट गर्नुपर्ने उनले बताए ।

लेखकले संविधानका आधारभूत बिषयका माध्यमबाट मुलुकमा दिगो शान्ति, बिकास र समृद्धि गर्नका लागि मिलेर जानुपर्ने उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर