साइबर ब्युरो र अदालतबाहिरबाट प्रसाईंका ५ जना समर्थक पक्राउ – Nepal Press

साइबर ब्युरो र अदालतबाहिरबाट प्रसाईंका ५ जना समर्थक पक्राउ

काठमाडौं। दुर्गा प्रसाई‌ं पक्राउको विरोधमा उत्रिएका उनका ५ जना कार्यकर्ता पक्राउ परेका छन्।

भोटाहिटीस्थित साइबर ब्युरोबाट २ जना र काठमाडौं जिल्ला अदालत परिसरबाहिरबाट ३ जनालाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो।

ब्युरोले आइतबार अपरान्ह प्रसाईलाई पक्राउ गरेको थियो।

एक महिलाले आफ्नो चरित्र हत्या गरेको भन्दै प्रसाई र दुई जना युट्युबरविरुद्ध जाहेरी दिएकी थिइन्।

प्रहरीले युट्युबरलाई भने पक्राउ गरेको छैन। प्रसाईले चरित्र हत्या हुने गरी बोलेका विषयहरु ती युट्युबरका च्यानलमा प्रशारण भएको दावी गरिएको छ।


प्रतिक्रिया

2 thoughts on “साइबर ब्युरो र अदालतबाहिरबाट प्रसाईंका ५ जना समर्थक पक्राउ

  1. आखा खोल्ने बेला यो !!
    ==============
    १. नेपाली समाज सभ्यतामा आधारित छ : नेपाली समाज लोकतान्त्रिक मान्यतामा आधारित छ !!
    २. अस्थिरता र बिगतमा सासकको बिबेकी, अदुरदर्सी कर्म र अकर्मण्यताले नेपाली समाज थुनियो र उन्नतिबाट टाढियो, पछौटे भयो !! बेला बेलामा परिवर्तनका दमाहाहरु बजे तर ती कत्ति पय स्वार्थबस गरिए, उत्तेजना र अरुको उक्साहटमा गरिए त्येही भएर स्थायी भएनन् !! देश कम्जर मात्र भएन बिदेशिको खेल मैदान नै बन्यो !!
    ३. अहिले देश यौटा स्थ्यित्वको दिसा समाए जस्तो छ : अब सबैबाट जिम्मेवारी र उन्नति प्रतिको चिन्ता भरिएको ब्येवाहारको आवस्येक्ता रहेको महसुस हुन्छ !!
    ४. त्येसैले समाजमा अपाच्य हुने, गरिना फैलाउने, ब्येक्ति बिसेस आक्षेप लगाउने र देश, समाज उन्नति प्रति सोझिएको बाटोमा बाधा पुग्ने गरी कहिँ कतैबाट भनाइ, गराई र प्रचार बाजी नहोस !!
    ५. विभिन्न समूह यस्तो क्रियाकलापमा संलग्न र सक्रिय भएको देखिन्छ : कशैको भनाइमा उत्तेजित भएर बत्तिने पछुवा नबन्नु र तिनको प्रतिनिधित्व गर्ने नेतृव अलि सचेत, अलि जिम्मेवार र अलि उत्तर्दाई हुनु !! ६. उन्नति गर्न कत्ति हो कत्ति बाकि छ : उन्नति गर्न कसैलाई समाप्त पारेर आफुले सुरु गर्छु भन्ने र त्येशामा आफु बिजयी भएको ठान्ने यो दुखद कुरा हो : त्यो द्वन्द बढाउने कुरा र द्वन्द उद्योग हो : त्यो बन्द गर्नु पर्छ : युवालाई काम-माम दिलाउने उद्योग खोल्न पर्छ अब !!!

  2. भ्रम फैलाउने देशमा अशान्ति मच्चाउने शान्ति सुरक्षामा खलल पुराउने जो कोही लाई कारबाही होस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *