चितवन जिल्ला क्रिकेट संघको साधारणसभा सम्पन्न – Nepal Press

चितवन जिल्ला क्रिकेट संघको साधारणसभा सम्पन्न

चितवन । चितवन जिल्ला क्रिकेट संघको वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघको कार्यालयमा चितवन जिल्ला खेलकुद विकास समितिका सचिव रामजी ढकालको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

प्रमुख अतिथि ढकालले चितवन जिल्ला क्रिकेट संघले पछिल्लो समय क्रिकेट गतिविधि बढाएको भन्दै प्रशंसा गरे । चितवनमा चलायमान थोरै संघमध्यको एक क्रिकेट संघ भएको भन्दै आगामी दिनमा अझै त्यसै कार्यक्रम गर्न सकोस् भन्दै शुभकामना दिए ।

संघको अधिवेशनको प्रमुख अतिथि आफू नै भएको स्मरण गर्दै नयाँ समितिले निकै राम्रो काम गरेको बताए । ‘त्यो बेला सामान्य भेटघाट मात्रै भयो, यस्तो जुझारी टिम होला भन्न मैले सोँचेको थिएन, सबै समिश्रण यो टिममा रहेछ, निकै खुशी लाग्यो,’प्रमुख अतिथि ढकालले भने ।

संघका अध्यक्ष सुदिप पियाले संघको एउटै मात्रै उद्देश्य धेरै भन्दा धेरै प्रतियोगिता गर्ने राम्रो खेलाडी उत्पादन गर्ने रहेको बताए । उनले अब पुरुष टिमसंगै महिला टिमलाई पनि विशेष प्राथमिकताका साथ अघि बढ्ने प्रतिवद्धता जनाए ।

ग्रासरुट क्रिकेट विकासका लागि संघ लागि परेको भन्दै पछिल्लो समय भरतपुर महानगरपालिकाको सहकार्यमा स्कुल क्रिकेटको समेत सुरुवात गरिएको बताए ।

कार्यक्रममा बोल्दै संघका सल्लाहकार एवं सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल (वाइबी)ले सुदिप पिया नेतृत्वको संघले उत्कृष्ट कार्य गर्दै आएको भन्दै प्रशंसा गरे । उनले संघलाई आफ्नो साथ सदैव रहने प्रतिवद्धता जनाए ।

यस्तै अर्का सल्लाहकार सिद्धार्थलाल चुकेले पनि संघको राम्रो काम गर्दै आएको भन्दै आगामि दिनमा अझै राम्रो गर्न शुभकामना दिए । कार्यक्रममा सल्लाहकार अमर प्रधानलगायतको सहभागिता रहेको थियो ।

संघका उपाध्यक्ष उमेश पियाले स्वागत मन्तव्य व्यक्त गरे । साधारणसभामा संघका सचिव सुरज ज्ञवालीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन सर्वसम्मतले पारित गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *