रास्वपा कार्यालयमा भीड बढ्यो, सादा पोशाक र बर्दीमा प्रहरी परिचालन (तस्विरहरु) – Nepal Press

रास्वपा कार्यालयमा भीड बढ्यो, सादा पोशाक र बर्दीमा प्रहरी परिचालन (तस्विरहरु)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी कार्यालयमा सरगर्मी बढेको छ । सभापति लामिछाने पार्टी कार्यालयभित्रै छन् भने पार्टीका नेता कार्यकर्ताहरु धमाधम प्रवेश गरिरहेका छन् ।

स्रोतका अनुसार लामिछानेलाई आजै पक्राउ गर्ने सन्देश प्रहरीले पठाएको थियो । अहिले केही सादा पोशाकका र केही बर्दीका प्रहरीहरु रास्वपा कार्यालय बाहिर जम्मा भएका छन् । भित्र सञ्चारकर्मी तथा पार्टी कार्यकर्ताहरुको भीड लागेको छ ।

प्रहरीले आजै गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीलाई पक्राउ गरेको छ ।

तस्विरहरु : उमेश कार्की


प्रतिक्रिया

2 thoughts on “रास्वपा कार्यालयमा भीड बढ्यो, सादा पोशाक र बर्दीमा प्रहरी परिचालन (तस्विरहरु)

  1. प्रहरी नियन्त्रण अभियोग प्रमाणित हैन :: रबि माथि प्रश्न थिए र छन् :: रविको लागि आफु निर्दोस भएको प्रमाणित गर्ने अवसर हो यो !!
    रविले भने जस्तै : पुलिशले समाउदा पुलिश माथि ढुंगा मुडा र छुटे पछि फूलमालाले स्वागत गर्ने जुन : खुम बहादुर खड्का, बालकृष्ण खांड, कृष्ण बहादुर महराको समयमा देखिएको थियो :: त्यो कत्ति भद्दा थियो !! त्येस्तो काम रास्वपाले चाहि नगरोस !!

  2. अनि लेखकले धनबहादुरलाई पनि समाउँछन कि ? समातेनन भने त रवि झन् चम्कन्छन् र काँग्रेस सकिन्छ । अनि प्रमाणित हुन्छ काँग्रेसले फट्याइँ बाहेक केही गर्दैन भनेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर