समावेशी समानुपातिक प्रणालीबाट मुलुक कुनै पनि अवस्थामा पछि हट्न सक्दैन: देउवा – Nepal Press

समावेशी समानुपातिक प्रणालीबाट मुलुक कुनै पनि अवस्थामा पछि हट्न सक्दैन: देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समावेशी समानुपातिक प्रणालीलाई बलियो बनाउँदै लैजानुपर्ने बताएका छन् ।

संविधान दिवसका अवसरमा कांग्रेस महिला विभागले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले समावेशी समानुपाीिक प्रणालीलाई बलियो बनाउँदै समाजलाई अघि बढाउन कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

उनले समावेशी समानुपातिक प्रणालीबाट कुनै पनि अवस्थामा मुलुक पछि हट्न नसक्ने औंल्याए ।

मुलुकको निर्वाचन प्रणालीका कारण कसैको बहुमत आउन नसक्ने देखिए पनि आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत ल्याउने गरी तयारी गर्नुपर्नेमा उनले जोड दिए ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले समावेशी समानुपातिक प्रतिनिधित्वलाई बढाउँदै लैजानुपर्ने बताए ।

उनले एमाले-कांग्रेसको साझा न्यूनतम कार्यक्रममा समेत अहिलेको व्यवस्थालाई सुदृढ बनाउने गरी संविधान संशोधनको बहस हुने जिकिर गरे ।

महामन्त्री थापाले निर्वाचन कानूनलाई पनि समयसापेक्ष बनाउन व्यवस्थित बहस जरुरी रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर