रवि लामिछाने आज पक्राउ नपर्ने – Nepal Press

रवि लामिछाने आज पक्राउ नपर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले आज पक्राउ नगर्ने भएको छ । बाहिर आइरहेका कुराहरु हल्ला मात्रै भएको प्रहरी उच्च स्रोतले बतायो ।

‘छविलालजीलाई जरुरी पक्राउ पूर्जि दिएर पक्राउ गरिएको हो । रविजीलाई आज पक्राउ गर्ने कुनै पनि तयारी थिएन । बाहिर आएका समाचारहरु असत्य हुन्,’ स्रोतले भन्यो ।

रविलाई चाँडै पक्राउ गर्ने तयारी भने छ । जिल्ला अदालत पोखराबाट पक्राउ पूर्जि लिएर पक्राउ गरिने स्रोतले बतायो ।

गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीलाई जरुरी पक्राउ पूर्जि थमाएर पक्राउ गरिएको थियो । प्रहरीले कुनै पनि आरोपि भाग्न सक्ने खतरा देखेमा अदालतबाट अनुमति नलिइकन जरुरी पक्राउ पूर्जि दिएर नियन्त्रणमा लिन सक्छ । रविलाई भने अदालतबाट अनुमति लिएर नै पक्राउ गरिने स्रोतको भनाइ छ ।

पूर्वडिआइजी जोशीलाई पक्राउ गर्न कास्कीबाटै प्रहरी टोली आएको थियो । उक्त टोलीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले सहजीकरण गरेको हो ।


प्रतिक्रिया

One thought on “रवि लामिछाने आज पक्राउ नपर्ने

  1. देश लुट्ने काङ्ग्रेस एमाले र माओवादी , पक्राउ पर्ने रवि लामिछाने !
    नेपाली जनताले सबै बुझेको छन् भ्रष्टहरुको नियत!

Leave a Reply

Your email address will not be published. Required fields are marked *