छविलाललाई पोखरा लगियो – Nepal Press

छविलाललाई पोखरा लगियो

काठमाडौं । सहकारी संस्थाको बचत अपचलन सम्बन्धी मुद्दामा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआइजी छबिलाल जोशीलाई पोखरा लगिएको छ ।

उनलाई काठमाडौंबाट जहाजमा पोखरा लगिएको हो । उनी केहीबेरमा अवतरण हुने कास्कीका एसपी माेहनकुमार थापाले जानकारी दिए ।

सुर्य थापा नेतृत्वको संसदीय छानविन विशेष समितिले गरेको सिफारिसका आधारमा सरकारको निर्देशनपछि जोशीलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

जोशीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले कास्की जिल्ला प्रहरीको पत्रका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सूर्यदर्शनलगायत सहकारीको बचत रकम अपचलनका सन्दर्भमा परेका जाहेरीमा पुरक अनुसन्धान गर्न संसदीय छानविन विशेष समितिको सिफारिसका आधारमा गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो ।

यसैबीच रवि लामिछानेलाई समेत पक्राउ गर्न लागिएको बताइए पनि आज भने पक्राउ नपर्ने प्रहरी स्रोतले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर