क्यानडामा रोकिएन नेपालको हारको शृङ्खला – Nepal Press

क्यानडामा रोकिएन नेपालको हारको शृङ्खला

काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत क्यानडा सिरिजमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । क्यानडाको किग सिटी नर्थ वेस्ट क्रिकेट मैदानमा गएराती भएको खेलमा नेपाल घरेलु टोली क्यानडासँग ५ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय ८२ रनको लक्ष्य क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । क्यानडाका लागि नवनीत धालिवालले सर्वाधिक ८७ र परगत सिंहले ६४ रन जोडे ।

बलिङमा नेपालका सन्दीप लामिछाने २, ललित राजवंशी, करण केसी, गुलशन झा १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ४६ ओभर १ बलमा १ सय ८१ रनमा समेटिएको थियो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४९ रन जोडे । गुलशन झाले ३४, करण केसीले २४, अर्जुन साउदले १०, आरिफ शेखले १० र र सोमपाल कामीले २१ रनको योगदान दिए ।

क्यानडामा जारी सिरिजमा यो नेपालको लगातार तेस्रो हार हो । यसअघि ओमन क्यानडासँग पराजित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *