करियरकै पहिलो अर्धशतक बनाउनबाट १ रनले चुके सन्दीप लामिछाने – Nepal Press

करियरकै पहिलो अर्धशतक बनाउनबाट १ रनले चुके सन्दीप लामिछाने

काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत क्यानडाविरुद्ध नेपालका सन्दीप लामिछाने ऐतिहासिक अर्धशतक बनाउनबाट १ रनले चुकेका छन् ।

उनले क्यानडाविरुद्ध ४८ बलमा ४९ रन बनाएर आउट भए। यो उनले करियरकै उच्च स्कोर हो। सन्दीपले सोमपाल कामीसँगै ५५ र करण केसीसँग ३९ रनको साझेदारी गरे ।

यसअघि सन्दीपले सन् २०२३ मा पिएनजीविरुद्ध सर्वाधिक ३५ रन जोडेका थिए । टी-२०आइमा भने उनले सर्वाधिक १६ रन जोडेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *