हारबाट जोगियो म्यान्चेस्टर सिटी – Nepal Press

हारबाट जोगियो म्यान्चेस्टर सिटी

काठमाडाैं। इंग्लिस प्रिमियर लिग लिडर म्यान्चेस्टर सिटी हारबाट जोगिएको छ । आइतबार राति भएको खेलमा सिटीले आर्सनलसँग २-२ गोलको बराबरी खेलेको हो।

दोस्रो हाफको इन्ज्युरी टाईमको ८ औं मिनेटसम्म २-१ गोलले पछि परेको सिटीका लागि जोन स्टोन्सले गोल गरेपछी सिटी बराबरिमा रोकिएको हो ।
खेलको नवौं मिनेटमा हाल्यान्डको गोलबाट सिटीले पहिलो अग्रता लिएको थियो। तर आर्सनलका लागि कलाफिओरीले २२ मिनेटमा बराबरी गोल गर्दै आर्सनल लाई खेलमा फर्काए ।

पहिलो हाफको इन्ज्युरी टाईमको पहिलो मिनेटमा ग्रेबियल मागालेसले गोल गर्दै आर्सनलको अग्रता २-१ बनाए । तर आर्सनले पहिलो हाफको इन्ज्युरी समयको आठौं मिनेटमा दोहोरो पहेलो कार्डको कारण उसका ट्रोसार्डलाई गुमाउनु पर्दा दोश्रो हाफको पुरै समय १० खेलाडी लिएर खेल्नु परेको थियो ।

१० खेलाडीको बाबजुत पनि आर्सनलले सिटिलाई दोश्रो हाफको इन्ज्युरी समयको आठौ मिनेटसम्म २-१ मानै रोकेको थियो । तर सिटिले जोन स्टोन्सको गोल मार्फत आर्सनलसङ्ग बराबरी गर्ने अवसर पायो र हारबाट जोगियो ।

लिगमा शीर्ष स्थानको सिटीको ५ खेलबाट १३ अंक छ। लिभरपुल र एस्टन भिल्ला १२-१२ अंक जोडेर क्रमश दोस्रो र तेस्रो स्थानमा छन्। चौथो स्थानको आर्सनलको ११ अंक छ। आइतबारनै भएको अन्य खेलमा ब्रेटोन र नटिङ्घम फरेस्ट तथा म्यान्चेस्टर युनाईटेड र कृष्टल प्यालेस पनि बराबरिमा रोकिएका छ्न ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *