भिल्ला रियलको घरमा बार्सिलोनाको रवाफ – Nepal Press

भिल्ला रियलको घरमा बार्सिलोनाको रवाफ

काठमाडाैं । स्पेनिस लालिगाको आइतबार राती भएको खेलमा लिग लिडर बार्सिलोनाले सानदार जित हासिल गरेको छ ।

प्रतिगोगितामा बार्साले भिल्ला रियललाई ५-१ ले पराजित गरेको हो । भिल्ला रियलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको तर्फबाट रोवर्ट लेवान्डोस्की र राफिन्नाले समान २-२ गोल गर्दा टोरेले एक गोल गरे । भिल्ला रियलको तर्फबाट पेरेजले एक गोल फर्काए ।

खेलमा लेवान्डोस्किले २० औं मिनेटमा बार्सिलोनालाई पहिलो अग्रता दिलाएका थिए । लेवान्डोस्कीलेनै ३५ औं मिनेटमा दोश्रो गोल गरेपछि बार्सा २-० ले अघि बढ्यो ।

तर ३८ औं मिनेटमा पेरेजले गोल गर्दै भिल्ला रियललाई पहिलो सफलता दिलाए ।

पहिलो हाफ २-१ ले अघि रहेको बार्सिलोनाको लागि दोश्रो हाफको ५८ औं मिनेटमा टोरेले गोल गर्दै अग्रता ३-१ मा पुर्‍याए। आक्रमक खेल पस्केको बार्साको लागि ७४ र ८३ औ मिनेटमा राफिन्हाले गोल गर्दै टिमलाई ५-१ को जित दिलाए ।

खेलपछि ला लिगाको छैटौं खेलसम्म अपराजित बार्सिलोनाको १८ अङ्क भएको छ भने भिल्ला रियल ६ खेलबाट ११ अंकसहित तालिकाको पाँचौ स्थानमा छ ।

आइतबार रातिनै भएको अन्य खेलमा बिल्बाओले सेल्टा भिगोलाई ३-१ ले पराजित गर्यो भने गेटाफे र लेगानेसले बराबरी खेले ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *