सुरक्षा संवेदनशीलता देखाउँदै प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणाको स्वागत कार्यक्रम स्थगित – Nepal Press

सुरक्षा संवेदनशीलता देखाउँदै प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणाको स्वागत कार्यक्रम स्थगित

काठमाडौं । न्यूयोर्कमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा सहभागी हुने भनिएको कार्यक्रम स्थगित भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओेली र परराष्ट्र मन्त्री डा. राणाको स्वागत गर्न आयोजित कार्यक्रम अन्तिम समयमा स्थगित भएको हो ।

नेपाली महावाणिज्य दूतावास न्यूयोर्क र अमेरिकामा रहेका नेपाली समुदायको संयुक्त आयोजना उक्त स्वागत कार्यक्रम आयोजना गरिएकाे थियाे ।

सुरक्षा संवेदनशीलता देखाउँदै कार्यक्रम स्थगन गरिएको नेपाली महावाणिज्यदूतावास न्यूयोर्कले जनाएको छ ।

संयुक्त राष्ट्र संघको महासभा, समिट अफ दी फ्युचर तथा अन्य साइडलाइन मिटिङ्गहरुमा व्यस्त रहनु परेको र समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे संबन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको नेपाली महावाणिज्यदूतावास न्यूयोर्कले एक सूचनामार्फत जनाएको छ ।

यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट महावाणिज्यदूतावास दुःख प्रकट गरेको छ ।


प्रतिक्रिया

2 thoughts on “सुरक्षा संवेदनशीलता देखाउँदै प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणाको स्वागत कार्यक्रम स्थगित

  1. अमेरिकामा रहेका नेपाली समुदायको घोर अपमान भएको होइन र?

  2. वाह क्या बहादुर नेपालीहरु !!
    जसले देशलाई बचाउने सहि रुपमा खम्बा भएर उभियो : उसलाई आक्रमण गर्ने योजना बनाएउ !!
    २. सायद थाहा छ होला तिमीहरुलाई देसमा वैमनस्यता र काल्पनिक द्वन्द बुँदा र आधार खिपेर अस्थिर बनाउन, देशको पछौटेपन कायम राख्न चाहनेहरुले हिजो जनमत पाउँदा पनि सहज रुपमा सत्ता बुझाएका थिएनन, बिचैमा अदालत लगाएर हटाएका थिए, आज फेरी यौटा लय लिन लागेको देशलाई विभिन्न बहानामा फेरी अस्थिर बनाउने र देशलाई गुलाम बनाइ आफ्नु इसारामा चल्ने बनाउन अझ भनम नेपालको अस्तित्व नामेट पार्न लागेका बिदेशीको इसारामा चल्ने कौडीका चतुरे (कुराले ठिक्क पार्ने, काम ठिक बिपरित गर्ने) हरुलाई प्रभावी देखाउन अमेरिका सम्मको भुमि प्रयोग गरेउ !!
    ३. तिमीहरु धन्य छौ, नेपाली हुनुको धर्म निभाएउ, कर्तब्य पुरा गरेउ :: यस्तो लाग्यो बिदेशिएका त थिएउ तर बिदेशी नै भएछु जसलाई न देशको चिन्ता न जनताको दुक्खको चिन्ता, न प्रगति प्रतिको मोह न योगदान !! धिकार !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर