दुर्गा प्रसाईं पक्राउको विरोधमा झापा बन्द गराउन खोज्ने दुई जना पक्राउ – Nepal Press

दुर्गा प्रसाईं पक्राउको विरोधमा झापा बन्द गराउन खोज्ने दुई जना पक्राउ

विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरूले झापामा यातायात बन्दको आव्हान गरे पनि बन्द प्रभावहीन भएको छ । व्यवसायी प्रसाईंलाई पक्राउ गरेको विरोधमा बन्द आव्हान गरिएको भए पनि सवारीका साधन निर्बाध चलेका छन् ।

बिहान भने कहिबेर बन्दको प्रभाव परेको थियो । प्रसाईं पक्राउ परेको विरोधमा आव्हान गरिएको बन्दका क्रममा उनका समर्थकहरूले राती भने ३ वटा भारतीय ट्रकमा आगजनी गरेका छन् ।

उनीहरूले यूपी –५७ एटी–४४९३ नम्बरको मालवाहक ट्रकमा आगो लगाइएको प्रहरीले जनाएको छ । ६ वटा मोटरसाइकलमा आएका प्रसाईँको समर्थकले लाई बनाउन प्रयोग हुने कच्चा पदार्थ बोकेको ट्रकमा आगजनी गरेका हन् ।

यस्तै प्रसाईंका समर्थकहरूले डब्लूबी–७३–ई–३०५७ नम्बरको खाली ट्रकमा पनि आगो लगाएका छन् । यसै गरी उनका समर्थकहरूले झापाको धाइजनमा डब्लूबी–७३–ई–३०५६ नम्बरको भारतीय ट्रकमा आगजनी गरिएको छ ।

प्रहरीका अनुसार ३ वटै ट्रकमा प्रसाईँका समर्थकले आगजनी गरेका हुन् । मेडिकल व्यवसायी प्रसाईंलाई हिजो प्रहरीले पक्राउ गरेको थियो । प्रसाईं पक्राउ परेसँगै रिहाइको माथ राख्दै उनका समर्थकहरूले झापा बन्दको आव्हान गरेका छन् । राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका नाममा उनीहरूले आन्दोलन समेत सुरु गरेका छन् ।

प्रसाईंलाई रिहा गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएकामध्ये २ जना समर्थकलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका झापा जिल्ला संयोजक रामचन्द्र मैनाली र नागरिक प्रतिरक्षा बल ९पीडीएफ० का मेची अञ्चल संयोजक दुरेन राई रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर