सुनको मूल्य ताेलाकै १ लाख ५९ हजार २ सय पुग्याे – Nepal Press

सुनको मूल्य ताेलाकै १ लाख ५९ हजार २ सय पुग्याे

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ ।

लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको हो । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार सुनमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव नेपाली बजारमा परेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा ४ सयले वृद्धि भएको छ । आइतबार प्रतितोला एक लाख ५८ हजार ८ सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५९ हजार २ सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला एक हजार नौ सय २० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्य निर्धारण भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर