राप्रपा नेपालको ‘तराई मधेस राष्ट्रिय सम्मेलन’ असोज १३ र १४ वीरगंजमा हुने – Nepal Press

राप्रपा नेपालको ‘तराई मधेस राष्ट्रिय सम्मेलन’ असोज १३ र १४ वीरगंजमा हुने

काठमाडौं । राप्रपा नेपालको ‘तराई मधेस राष्ट्रिय सम्मेलन’ पर्साको वीरगंजमा हुने भएको छ ।

असोज १३ र १४ गते बिरगंजमा आयोजना हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको पार्टीका वरिष्ठ उपाध्यक्ष राजिब पराजुलीले जानकारी दिए ।

पराजुलीका अनुसार तराई मधेस क्षेत्रका २२ जिल्लाका प्रतिनिधि सम्मेलनमा सहभागी हुनेछन् ।

सम्मेलनमा राजनितीकसँगै तराई मधेस केन्द्रित,आर्थीक ,सामाजिक , सांस्कृतिक पक्ष समेटिएको कार्यपत्र पनि प्रस्तुत गरिने कार्यतालिका रहेको पार्टीको केन्द्रीय सचिवालयले जनाएको छ ।

सम्मेलनले तराई मधेस राष्ट्रिय सम्मेलन घोषणापत्र समेत जारी गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर