अनलाइन जुवा खेल्ने-खेलाउने भारतीय, चिनियाँसहित ७ जना पक्राउ – Nepal Press

अनलाइन जुवा खेल्ने-खेलाउने भारतीय, चिनियाँसहित ७ जना पक्राउ

काठमाडौं । अनलाइन जुवा खुल्ने/खेलाउने कार्यमा संलग्न अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

फिस सुट गेममा रकमको हारजित हुने गरी जुवा खेल्ने/ खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा ७ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेपाली, चिनियाँ र भारतीय समेत छन् । चीनको तिब्बतस्थित आम्दो घर भई काठमाडौं-६ बौद्ध बस्ने २४ वर्षीय सोनाम तामाङ भन्ने सोनाम, भारत बिहार बेङलोरू घर भई बौद्ध टुसाल बस्ने जाम्पा खेदुप, ल्हासाका ३० वर्षीय नोर्बु साम्देन, तिब्बत सिगाचेका २७ वर्षीय दासाङ, सिचुवानका वई चुन्लिन, काठमाडौं-६ सिमलटारका २८ वर्षीय तेन्जिङ नोर्बु शर्पा र सिन्धुपाल्चोक पाँचपोखरी थङपाल गाउँपालिका-४ घर भई काठमाडौं-६ तिनचुलीका ३५ वर्षीय लोप्साङ लामालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

सोनामसमेतले सञ्चालन गरेको गेम जोन लेखिएको सटरमा फिस सुट गेममा रकमको हारजित हुने गरी उनीहरूले जुवा खेल्ने/ खेलाउने गरेका थिए । उनीहरूबाट फिस सुट गेम खेलाउने उपकरण १ थान, १२ लाख १ हजार नेपाली रूपैयाँ, चाइनिज युआन ३ हजार १ सय, अमेरिकन डलर २ हजार र विभिन्न कम्पनीको मोबाइल ७ थान बरामद गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *