मोदीसँगको भेटमा प्रधानमन्त्रीले राष्ट्रिय हितको कुरा गरेको भए हामी ताली बजाउँथ्यौं : भीम रावल (भिडिओ) – Nepal Press

मोदीसँगको भेटमा प्रधानमन्त्रीले राष्ट्रिय हितको कुरा गरेको भए हामी ताली बजाउँथ्यौं : भीम रावल (भिडिओ)

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्षसमेत रहेका केपी शर्मा ओली नेतृत्वको सरकारको सरकारमाथि प्रश्नैप्रश्न उठाएका छन् ।

सममसामयिक राजनीतिक विषयमा साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री ओलीले अमेरिका भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटको विषयमा पनि प्रश्न उठाए ।

उनले भने, ‘अहिले हाम्रा प्रधानमन्त्रीले न्यूयोर्कमा भारतीय प्रधानमन्त्रीसँग कुरा गरेको सुन्यौं । त्यसबेलामा सामान्य कुरा भयो होला समय पनि भएन । तर, हाम्रो देशको मुलभूत राष्ट्रिय हितको विषयमा, हाम्रा भौगोलिक अखण्डताको विषयमा त्यहाँ उठाएको भए त हामीले नेपालमा ताली बजाउँथ्यौं धन्यवाद भनेर ।’

उनले भारतीय नेतृत्वसँग कुरा गर्दा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले कालापानी, लिपुलेक र लिम्पियाधूरासहितको चुच्चे नक्साको बिषयमा कुरा नउठाएको आरोप लगाए ।

उनले एमाले कांग्रेससँग संविधान भन्दापनि सत्ताको लागि मिलेको जिकिर गरे ।

उनले भने, ‘दुई धुब्रका ठूला पार्टी मिलेका छन्, संविधान संशोधन भनेका छन्, अहिलेसम्म कुन धारा किन विषयमा संशोधन भन्न सकेका छैनन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर