प्रचण्डलाई सन्तोष परियारको आग्रह- संविधानलाई थप समावेशी बनाउन फेरि नेतृत्व गरिदिनुस् – Nepal Press

प्रचण्डलाई सन्तोष परियारको आग्रह- संविधानलाई थप समावेशी बनाउन फेरि नेतृत्व गरिदिनुस्

काठमाडौं । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले संविधान संशोधनबाट डराउनुपर्ने केही नभएको बताएका छन् । संविधान निगरानी समूहको कार्यक्रममा बोल्दै संविधान समयअनुकूल संशोधन गरेर अघि बढ्नुपर्ने बताए ।

उनले समानुपातिक निर्वाचन प्रणालीले अस्थिरता ल्याइदिएको भनेर कांग्रेस-एमालेले सफेद झूट बोलेको टिप्पणी गरे । सरकारले संविधान संशोधनको मुद्दा अघि सारेपनि नियतमा प्रश्न उठेको जिकिर गरे ।

उनले दलित, महिला, मधेश, पहिचानको पक्षमा संविधान संशोधन गरेर बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नेतृत्व गरिदिन आग्रह गरे ।

उनले भने, तपाईंको नेतृत्वमा भएकामध्ये सबैभन्दा राम्रो संविधान आयो, फेरि नेतृत्व गरिदिनुस्, दलित, महिला, मधेश, पहिचानको पक्षमा संविधान बनाउने नेतृत्व गरिदिनुस् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर