छविलाल जोशीलाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अनुमति – Nepal Press

छविलाल जोशीलाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अनुमति

पोखरा । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीमाथि जिल्ला अदालत कास्कीले ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

अदालतले जोशीलाई हिरासतमा राखेर अनुसन्धान गर्न ५ दिन म्याद थप गरेको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । उपत्यका अपराध अनुसन्धान कार्यालयले जोशीलाई आइतबार काठमाडौंबाट पक्राउ गरी जहाजमार्फत पोखरा ल्याइएको थियो ।

सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले गरेको सिफारिसका आधारमा सरकारको निर्देशनपछि जोशीलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

सूर्यदर्शनलगायत सहकारीको बचत रकम अपचलनका सन्दर्भमा परेका जाहेरीमा पुरक अनुसन्धान गर्न संसदीय छानविन विशेष समितिको सिफारिसका आधारमा गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *