रवीन्द्र मिश्रलाई प्रचण्डको जवाफ- मलाई महत्व पक्कै दिएको होइन, तपाईंले राजनीति गर्नुभयो (भिडिओ) – Nepal Press

रवीन्द्र मिश्रलाई प्रचण्डको जवाफ- मलाई महत्व पक्कै दिएको होइन, तपाईंले राजनीति गर्नुभयो (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफूलाई प्रशंसा गरेको कि आलोचना गरेको बुझ्न नसकेको बताएका छन् ।

संविधान निगरानी समूहको कार्यक्रममा बोल्दै मिश्रले देशको राजनीति प्रचण्डकै वरिपरि घुमिरहेको टिप्पणी गरेका थिए ।

त्यही कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘उहाँलाई मैले यहाँ पस्दैगर्दा तपाईंले प्रशंसा गर्नुभएको कि आलोचना गर्नुभएको बुझ्नै सकिएन भनेको थिएँ । उहाँले अस्ति मैले झट्ट देखेको थिएँ, उहाँले दरवार मार्गको नाम पनि कांग्रेस-एमालेले प्रचण्ड मार्ग राखे हुन्छ भन्नुभयो । यो कांग्रेस, एमाले र प्रचण्डको बीचमा लडाइँ पार्न खोजेको हो कि मलाई त्यो महसुस भयो । त्यो विचार राख्ने मान्छेले प्रचण्डलाई महत्व पक्कै दिनुभएको होइन । उहाँले राजनीति गर्नुभएको हो । त्यो स्वतन्त्रता तपाईंलाई छ ।’

उनले यो प्रचण्डको संविधान नभएर जनताको संविधान भएको जवाफ दिए । प्रचण्डले संविधानसभाको निर्वाचन गराउने र बनाउनेमा आफ्नो भूमिका महत्वपूर्ण रहेको बताए ।


प्रतिक्रिया

One thought on “रवीन्द्र मिश्रलाई प्रचण्डको जवाफ- मलाई महत्व पक्कै दिएको होइन, तपाईंले राजनीति गर्नुभयो (भिडिओ)

  1. दुबै ज्ञान बहादुरका आदेशपालक भएर भन्ने आँट गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर