कार्यपालिका बैठक राख्न परमादेश माग्दै इटहरीका जनप्रतिनिधि पुगे अदालत – Nepal Press

कार्यपालिका बैठक राख्न परमादेश माग्दै इटहरीका जनप्रतिनिधि पुगे अदालत

विराटनगर । इटहरी उपमहानगरपालिकाको कार्यपालिका बैठक राख्न परमादेश माग्दै जनप्रतिनिधिहरु अदालत गएका छन् ।

इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलले कार्यपालिका बैठक नराखेको भन्दै १५ जना वडा अध्यक्ष र कार्यपालिका सदस्यहरु परमादेश माग्दै उच्च अदालत विराटनगर गएका हुन् ।

यसअघि उनीहरुले भदौ २७ गते इटहरी उपमहानगरपालिका कार्यालयमा कार्यपालिका बैठक राख्न माग गर्दै निवेदन दिएका थिए ।

वडा नम्बर ३ का अध्यक्ष उमेश सुवेदीले विभिन्न ५ वटा एजेण्डामा छलफल गर्न कार्यपालिका बैठक राख्न माग गरे पनि मेयरले कार्यपालिका बैठक नबोलाएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *