अब देश सम्हाल्न गाह्रो छ : रवीन्द्र मिश्र (भिडिओ) – Nepal Press

अब देश सम्हाल्न गाह्रो छ : रवीन्द्र मिश्र (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले भ्रष्टाचार वडा तहमै पुगेको बताएका छन् ।

 

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले संघीयतापछि भ्रष्टाचार वडा वडामा पुगेको बताएका हुन् । उनले संघीयतामा तल तलसम्म अधिकार पुर्याउने नाममा भ्रष्टाचार लगेको आरोप लगाए ।

उनले राजनीतिक दलहरु नैतिक संकटको पतनमा रहेको बताए । उनले अब देश सम्हाल्नै गाह्रो रहेको भन्दै अन्तर्राष्ट्रिय भूराजनीतिका द्वन्द्वमा नेपाल फसेको बताए ।

‘हामीले संघीयतामा तल तलसम्म अधिकार पु¥याउने भन्यौँ । पञ्चायत हुँदा भ्रष्टाचार अलिकति दरबारको वरिपरी सिमित थियो । बहुदल आएपछि त्यो सिंहदरबार र ७५ जिल्लामा फैलियो । र गणतन्त्र आएपछि अब त वडा वडामा पुग्यो । बजेटको झन्डै २४ प्रतिशत संघीयतामा जान्छ । तल २१ महिनामा २४ वटा मुख्यमन्त्री भएको छ, २५५ जना मन्त्री भएका छन्’, उनले भने, ‘नैतिक संकटको हामी तल्लो तहमा पुगेका छौँ । अब यो देश सम्हाल्न गाह्रो हुन्छ । जतिसुकै सम्हाल्छौँ भनेपनि यो सम्हाल्न गाह्रो अवस्था छ । एउटा अन्तर्राष्ट्रिय भूराजनीतिका कारण । अन्तर्राष्ट्रिय भूराजनीति अहिले चीन र भारत जसरी सर्वशक्तिमान बन्दैछन्, त्यसको कारणले गर्दा एशियातिर सिफ्ट भएका छन् ।’

वरिष्ठ उपाध्यक्ष मिश्रले भावी पुस्तालाई बस्नै अयोग्य हुने देश हस्तान्तरण गरिरहेको बताए ।


प्रतिक्रिया

2 thoughts on “अब देश सम्हाल्न गाह्रो छ : रवीन्द्र मिश्र (भिडिओ)

  1. ज्ञानेन्द्रको चाकडी गरेर खाउँला भनेको पाईएलाजस्तो छैन । अनि बरबराएका हेर ।

  2. Have you seen your face in the mirror? What does it look like? Slave to Saliva dribbling Deuba? Slave to Idioms telling idiot Khadge? Slave to murderer of 17000 Nepalese Chhabi aka PKD? Slave to by virtue Indian Makune? 🙂
    How much and what are you getting from them as a slave

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर