दुर्गा प्रसाईको समर्थनमा बुटवलमा प्रदर्शन गर्ने ७ पक्राउ – Nepal Press

दुर्गा प्रसाईको समर्थनमा बुटवलमा प्रदर्शन गर्ने ७ पक्राउ

रुपन्देही । प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थनमा सोमबार बुटवलमा प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नागरिक बचाउ अभियान लुम्बिनी प्रदेशले गरेको विरोध प्रदर्शनमा बुटवलको मिलनचोकबाट ७ जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजय पण्डितले बताए । उनीहरू सबैलाई अहिले इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

प्रदर्शनकारीहरूले राजमार्ग चौराहाबाट मिलनचोक आएर चक्काजाम गर्ने तयारी गरेका थिए । प्रहरीले चक्काजाम गर्नुभन्दा अगाडि नै नियन्त्रण लिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *