रक्सीले मातेका छोराले अन्धाधुन्धा कुटपिट गरेर बाबुको हत्या – Nepal Press

रक्सीले मातेका छोराले अन्धाधुन्धा कुटपिट गरेर बाबुको हत्या

रुपन्देही । बाँकेको कोहलपुर नगरपालिका वडा नं ८ पिपरीमा रक्सीले मात्तिएका एक पुरुषले आफ्नै बुवालाई कुटेर हत्या गरेका छन् ।

कोहलपुर नगरपालिका–८ पिपरीका ७० वर्षे नैनसिंह क्षेत्रीलाई उनकै छोरा ४७ वर्षीय दिपबहादुर क्षेत्रीले दाउराले हानेर हत्या गरेका हुन् । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी धर्मराज भण्डारीका अनुसार छोरा दिपबहादुरले प्रहरीसमक्ष रिसको झोँकमा कुटेको स्वीकार गरेका छन् ।

प्रहरीले बाबुको हत्या गरेको आरोपमा छोरा दिपबहादुरलाई पक्राउ गरेर अनुसन्धान थालिएको उनले बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा आइतबार राति दुवै जनाले रक्सी खाएको र केही समयपछि झगडा भएपछि छोराले बाबुको हत्या गरेको हुनसक्छ ।

‘छोरा दिपबहादुरले अधिक रक्सी पिएर मात्तिएको अवस्थामा घर फर्केपछि घरमा रक्सी पिएर बसेका बुवा नैनसिंहसँग झगडा भएपछि छोरा केही समय बाहिर गएको र पछि आएर कुटपिट गरेपछि गम्भीर अवस्थामा उपचारका क्रममा अस्पतालमा बाबुको मृत्यु भएको हो, अटो चालक रहेका दिपबहादुरले कहाँ कहाँ रक्सी पिएको भन्ने समेत भन्न सकेका छैनन् त्यो कारणले पनि उनले अधिक मात्तिएको अवस्थामा रहेको देखिन्छ, शरिरभरी चोटैचोट भएकाले पुरानो रिसइबी रहेको देखिन्छ’ डिएसपी भण्डारीले भने ।

डीएसपी भण्डारीका अनुसार पिर्का प्रहार गर्ने छोरा दिपबहादुर क्षेत्रीलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा ल्याएपछि उनले पिताको हत्या गरेको स्वीकारेका छन् । गम्भीर घाइते क्षेत्रीको उपचारको क्रममा मेडिकल कलेजमा मृत्यु भएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *