त्रिवि मानविकी तथा सामाजिकशास्त्र संकायको डिनका लागि ५ जनाको नाम सर्ट लिस्टमा – Nepal Press

त्रिवि मानविकी तथा सामाजिकशास्त्र संकायको डिनका लागि ५ जनाको नाम सर्ट लिस्टमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायको डिनका लागि ५ जनाको नाम सर्ट लिस्टमा परेको छ । डिन छनौट समितिले आवेदन दिएका ८ जनामध्ये ५ जनाको नाम सर्टलिष्टमा छनौट गरेको हो । सर्टलिष्टमा परेका उम्मेदवारहरूलाई आज असोज ८ गते प्रस्तुति र अन्तर्वार्ताका लागि बोलाएको छ ।

सर्टलिष्टमा प्राडा ताराप्रसाद भुसाल, प्राडा दुविनन्द ढकाल, प्राडा ध्रुवबहादुर कार्की, प्राडा रामकृष्ण तिवारी र प्राडा सञ्जय आचार्यको नाम परेको हो ।

त्रिवि सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम २०८१ बमोजिम डीन पदका लागि आवेदन आह्वान गरिएको थियो ।

त्यस्तै चिकित्साशास्त्र अध्ययन संस्थानको डिन पदका लागि १३ जनाको आवेदन परेको छ । त्यस्तै इन्जिनियरिङ अध्ययन संस्थानको डीनका लागि ११ जना, कृषि र पशु विज्ञान अध्ययन संस्थाको डीनका लागि ५ जना, वन विज्ञान अध्ययन संस्थानको डीनका लागि ८ जना, विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डिनका लागि १२ जनाको आवेदन परेको छ ।

त्यस्तै व्यवस्थापन संकायको डीनका लागि ६ जना, शिक्षाशास्त्र संकायको डिनका लागि ८ जनाको आवेदन परेको छ । शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) को कार्यकारी निर्देशक पदका लागि ८ जना, योजना निर्देशनालयको निर्देशक पदका लागि ८ जनाको आवेदन परेको त्रिविले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर