छिमेक नीतिबारे कोलम्बिया विश्वविद्यालयमा प्रधानमन्त्रीले दिए गिलास र थाल फुटेको बिम्ब (भिडिओ) – Nepal Press

छिमेक नीतिबारे कोलम्बिया विश्वविद्यालयमा प्रधानमन्त्रीले दिए गिलास र थाल फुटेको बिम्ब (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एकै खाटमा सुत्ने साथीहरूले खुट्टा बोक्ने/बोकाउने हुने र एकै घरका सदस्यमा पनि समस्या हुने भन्दै छिमेकीसँगको समस्या सामान्य भएको बताएका छन्।

अमेरिकामा कोलम्बिया विश्वविद्यालयले आयोजना गरेको विश्व नेता मञ्चको एक प्रवचन कार्यक्रममा सहभागी भएका ओलीले छिमेकीको उदाहरण दिँदै यस्तो भनेका हुन्।

 

उनले भनेका छन्, ‘कुनै सानी बच्चीले छिमेकमा गएर थाल फुटाउँदा छिमेकले कस्तो शिक्षा दिइस् आफ्नो बच्चालाई भन्छ । फेरि अर्को दिन उसको छोरो आएर गिलास फुटाउँछ । अनि उस्तै भनिन्छ । छिमेकमा यस्तो हुन्छ ।’

सबैको घरमा पनि समस्या हुन्छ तर त्यो गम्भीर हुन्न भन्दै ओलीले कहिलेकाहीँ छिमेकीहरूमा समस्या हुनसक्ने बताए ।

ती समाधान गर्न नसकिने समस्या नहुने भन्दै उनले भने, ‘छिमेकमा सानातिना समस्या हुन्छन्। किनभने उनीहरू छिमेकी हुन्। उनीहरू टाढा टाढा भए ती समस्या हुन्न थिए।’

छिमेकीहरू उत्तरदायी भएर एक अर्काका समस्या बुझ्नुपर्ने ओलीले बताए ।

नेपालका छिमेकीबारे सोधिएको सवालमा नेपालका दक्षिणी र उत्तरी दुवै छिमेकी असल भएको ओलीले बताए ।


प्रतिक्रिया

One thought on “छिमेक नीतिबारे कोलम्बिया विश्वविद्यालयमा प्रधानमन्त्रीले दिए गिलास र थाल फुटेको बिम्ब (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर