रवीन्द्रसँग प्रचण्डले खोले मनका कुरा- राजा महेन्द्र गज्जबका भिजनरी, ज्ञानेन्द्र अलि नरम भइदिएको भए… – Nepal Press

रवीन्द्रसँग प्रचण्डले खोले मनका कुरा- राजा महेन्द्र गज्जबका भिजनरी, ज्ञानेन्द्र अलि नरम भइदिएको भए…

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन्।मङ्गलवार संविधान निगरानी समूहको कार्यक्रममा रोचक सवाल जवाफ गरेको भोलिपल्टै मिश्र प्रचण्ड भेट्न खुमलटार पुगेका हुन्।

आज वर्षौँपछि प्रचण्ड निवासमा भेट भएको भन्दै मिश्रले फेसबुकमा लेखेका छन्। मिश्रले प्रचण्डलाई अब देश यस्तो बिन्दुमा पुग्यो कि राजसंस्थालाई पुनर्स्थापित नगर्ने हो भने यो देश ’विस्फोटनको अवस्था’ तिर उन्मुख हुँदैछ। र त्यतिबेला तपाईँहरूको अग्रगमन’, नाम र सालिक केही बाँकी रहने छैन।

लामो व्याख्या सहित आफ्नो कुरा राखेपछि प्रचण्डको केही टिप्पणी अर्थपूर्ण लागेको उनले बताएका छन्।

यस्ता छन् प्रचण्डले मिश्रसँग राखेका सात कुरा:

१. यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ। आजभोलि प्रशिक्षणमा यही भनिरहेको छु।

२. पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पञ्चायतकालमा धेरै राम्रो काम भएको रहेछ। राजा महेन्द्र त गज्जबका ‘भिजनरी’ राजा रहेछन्।

३. द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पुरै नकारात्मक थिए। म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ।

४. राजा ज्ञानेन्द्रले पनि २०६२/०६३ को आन्दोलनको ताका अलि नरम भइदिएको भए आज परिस्थिति अर्कै हुन्थ्यो।

५. देशमा विदेशी हस्तक्षेप चरम अवस्थामा पुगेको सही हो।

६. अहिले पो प्रधानमन्त्री भएँ। युद्ध गर्दा त मरिन्छ-बाँचिन्छ, थाहा थिएन। देश बनाउनै भनेर सारा गरेको हो। अहिले पनि मेरो भावना देश नै बनाउनु पर्छ भन्ने हो। तर अब यसरी चाहिँ हुँदैन।

७. म अहिले नै तपाईँको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन। तर राती सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ। ‘निरन्तरतामा क्रमभंगता’ अत्यावश्यक भइसक्यो।


प्रतिक्रिया

3 thoughts on “रवीन्द्रसँग प्रचण्डले खोले मनका कुरा- राजा महेन्द्र गज्जबका भिजनरी, ज्ञानेन्द्र अलि नरम भइदिएको भए…

  1. यसको मतलव अव माओवादी र राजावादी एकै सिक्काका २ पाटा थिए ‘ हुन् र हुदैछन् भन्न खोजेको सन्देश !

    1. लगाम बिनाका घाेडा जस्ताे देखियाे । राजाले पनि त संबिधानकाे अक्षरश पालन गरेकै हुन । दलहरू नै संबिधानकाे लाईन भन्दा बाहिर गईदिए पछि साईडमा ल्याउंछु भन्दा याे अबस्था आयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर