विवादास्पद लगानीकर्ता दीपेन्द्र अग्रवालविरुद्ध सीआईबीमा उजुरी, १६ करोड नतिरी फरार भएको सिल्पा सेक्युरिटीको दाबी – Nepal Press

विवादास्पद लगानीकर्ता दीपेन्द्र अग्रवालविरुद्ध सीआईबीमा उजुरी, १६ करोड नतिरी फरार भएको सिल्पा सेक्युरिटीको दाबी

काठमाडौं । शेयर लगानीकर्ता दीपेन्द्र अग्रवालविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी परेको छ । अग्रवालले सिल्पा सेक्युरीटीको १६ करोड रूपैयाँ नतिरेको भन्दै सीआईबीमा उजुरी दिइसकेको छ । सिल्पा सेक्युरीटी र दीपेन्द्र अग्रवालबीच लामो समयदेखिको हिसाब मिलानसम्बन्धी विवाद समाधानका लागि सीआईबीले मध्यस्थता गरेको थियो ।

सिल्पाले भनेको छ- दीपेन्द्र अग्रवालसँग सिल्पाले खाताहरू मिलान गरेर हिसाब फरफारक गर्नका लागि मिति असोज ४ गते दिउँसो करिब २ बजे टोखास्थित ग्लोबल आईएमई बैंकको शाखा कार्यालयमा सिल्पाका प्रतिनिधिहरूले सोही बैंकको खाता नं ०७५०१०१००००७३२ को एक करोडका जम्मा १६ वटा चेक गरी जम्मा रकम १६ करोडका चेकहरू लिइ गएका थिए । निज दीपेन्द्र अग्रवालले पनि सोही अनुरूप हिसाब मिलान गर्ने भनेर आफ्नो तर्फबाट पनि सिल्पालाई तिर्नुपर्ने रकमका चेकहरू लिएर आए त्यस उपरान्त सिल्पा प्रितिनिधिहरूलाई झुक्याएर उहाँ आफैँ बैंकका शाखा प्रबन्धक समक्ष गएर हिसाब मिलान गर्न लगाउँछु भन्दै चेक लिएर फरार भएको जानकारी गराउदछौं । साथै उक्त विषय सम्बन्धी यस संस्थाबाट पुलिस रिपोर्ट समेत गरिसकेको जानकारी गराउँदछौं ।

कम्पनीको चेक चोरेर धोखा दिएर भागेको आरोप लागेका दीपेन्द्रबाट विगतमा अन्य धेरै धितोपत्र व्यवसायी पनि पीडित भएको घटना सार्वजनिक भएको थियो । यस्ता शेयर लगानीकर्ताबाट सचेत रहन र तत्कालै कारोबार रोक्का गरी उनीसँगको हिसाब चुक्ता गर्न सम्पूर्ण धितोपत्र दलाल व्यवसायीलाई भनेको छ ।

अग्रवालले केही समयअघि नेपाल फाइनान्स कम्पनीको शेयर मुल्य बढ्ने भन्दै लगानीकर्तालाई उक्साएर लगानीकर्तालाई डुबाएको समेत आलोचना हुँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *