लगातार ५ हारपछि नेपाली क्रिकेट टोली दबाबमा – Nepal Press

लगातार ५ हारपछि नेपाली क्रिकेट टोली दबाबमा

काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत क्यानडामा भइरहेको शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले मंगलबार ओमानसँग प्रतिस्पर्धा गर्दै छ। यो खेल नेपाली समयअनुसार राती पौने ९ बजे सुरु हुने छ।

नेपालले जारी शृंखलामा खेलेका तीनवटै खेलमा हार ब्यहोरेको छ। पहिलो खेलमा क्यानडासँग एक सय ३ रनले पराजित भएको नेपाल दोस्रो खेलमा ओमानसँग एक विकेटले पराजित भएको थियो। तेस्रो खेलमा क्यानडासँग ५ विकेटले हारेको हो।

विश्वकप लिग-२ मा नेपालले ५ खेलयता लगातार हार ब्यहोरेको छ। गत फेब्रुअरीमा घरेलु मैदानमा भएको पहिलो शृंखलामा नेपालले चारमध्ये एक खेल जितेको थियो। त्यतिबेला दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई हराएको थियो। उक्त शृंखलाका बाँकी दुई खेलमा नेदरल्यान्ड्स र नामिबियासँग पराजित हुन पुगेको थियो।

विश्वकप लिग-२ मा नेपालले ९ वटा त्रिदेशीय शृंखला खेल्ने छ। हरेक शृंखलामा तीनवटा देश हुन्छन् भने शृंखलामा एउटा देशसँग दुईवटा खेल खेल्नुपर्छ। नेपाल अहिले ७ खेलबाट २ अंक जोडेर तालिकाको सातौँ स्थानमा छ।

आठौँ तथा अन्तिम स्थानमा रहेको यूएईको ५ खेलबाट २ अंक छ। ओमानको ६ खेलमा ५ अंक छ भने क्यानडा ११ खेलमा १४ अंक जोडेर शीर्षस्थानमा छ।

क्यानडामा नेपालले बलिङ र ब्याटिङ दुवैमा उल्लेख्य प्रदर्शन गर्न सकेको छैन। आशा गरिएका अधिकांश ब्याट्सम्यान लयमा छैनन्। पहिलो खेलपछि प्रशिक्षक मन्टी देशाईले अनुभवी दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र कुशल भुर्तेललाई बेन्चमा सिमित गरेका छन्। टोलीमा मौका पाएका अनिल शाह र अर्जुन साउदको प्रदर्शन विर्सनलायक छ। आसिफ शेखले पनि लय गुमाएको देखिन्छ।

गुल्सन झाको प्रदर्शन मात्र स्थिर छ। टोलीमा मौका पाएका आरिफ शेख कम्तिमा दोहोरो अंक छोएर आउट भइरहेका छन्। पछिल्लाक्रमका करण केसी, सोमपाल कामी र सन्दीप लामिछानेले अपेक्षा गरिएभन्दा राम्रो ब्याटिङ गरिरहेका छन्।

सन्दीपले अघिल्लो खेलमा क्यानडाविरुद्ध ४९ रन जोडेका थिए। तर उनको आफ्नो बलिङ भूमिकामा भने खह्रो उत्रन सकिरहेका छैनन्। समग्रमा नेपालको बलिङ टिम नै संघर्षरत छ। क्यानडालगत्तै नेपाल विश्वकप लिग-२ को शृंखला खेल्न अमेरिका जाने भएकाले जितसहित विदाई चाहन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर