इलाममा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या – Nepal Press

इलाममा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

विराटनगर । इलामको सन्दकपुरका उजबहादुर राईले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । सन्दकपुर गाउँपालिका-१, भित्तेमा राईले ४० वर्षीया फूलकुमारीको हत्या गरी आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले उजबहादुरले धारिलो हतियार प्रहार गरी पत्नीको हत्या गरेको बताए । मृतक फूलकुमारीको शब घरभन्दा मुनी मूलबाटोमा फेला परेको छ ।

उजबहादुर भने मूलबाटोमा रहेको रुखमा झुन्डिएको अवस्थामा फेला परेको ढकालले बताए । राई दम्पतीका दुई छोरा छन् । दुई जना मध्ये एक जना वैदेशिक रोजगारीमा गएका छन् भने एक जना फिक्कलमा बस्दै आएका थिए ।

घटना भएको बेला श्रीमान् श्रीमती मात्रै घरमा रहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *