चाडबाड लागेसँगै बढ्यो आयात – Nepal Press

चाडबाड लागेसँगै बढ्यो आयात

काठमाडौं । चाडबाड लागेसँगै आयातमा वृद्धि भएको छ । भन्सार विभागका अनुसार भदौ महिनासम्ममा २ खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँ बराबरको मालवस्तु आयात भएको हो । यो गत वर्षको यसै अवधिको तुलनामा १.०८ प्रतिशतले बढी हो ।

गत वर्ष २ खर्ब ५९ अर्ब रुपैयाँ भन्दा बढीको आयात भएको थियो । यस्तै निर्यात भने खुम्चेको छ । भदौसम्ममा मुलुकबाट २५ अर्ब ९ करोड ३१ लाख रुपैयाँ बराबरको मालवस्तु आयात भएको छ ।

गत वर्षको यसै अवधिको तुलनामा यो निर्यात ५.१२ प्रतिशतले घटेको हो । गत वर्ष २६ अर्ब ४४ करोड रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको थियो ।

यो सँगै नेपालको वैदेशिक व्यापार घाटा दुई महिनामै २ खर्ब ३७ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । यो भनेको गतवर्षको भन्दा १.७८ प्रतिशतले बढी हो ।

भारतसँग नेपालको व्यापार १ खर्ब ४४ अर्ब ६६ करोड ८७ लाख रुपैयाँ घाटामा छ । यस्तै चीनसँगको व्यापार ५१ अर्ब ८० करोड ३९ अर्ब रुपैयाँ घाटामा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *