एमालेलाई ‘पाँच’ होइन ‘एक’ अनुहारमा अद्भूत भरोसा
भत्किनुपर्ने एमाले बलियो हुँदा बर्बाद भइरहेको एकीकृत समाजवादी र हेभीवेट नेताहरूको मौनता
आफ्नै शतक जति केन्द्रीय सदस्यले पनि मतदान नगर्दा १८ हजार छेउछाउको भोट कम भएर राष्ट्रिय पार्टी हुन नसकेको ‘नेकपा एकीकृत समाजवादीसँग वार्ता या छलफल नगर्ने ?’ बेलाबखत प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बर्सिरहने जिज्ञासा हो । अहिले ओली नरम पनि छन् । कटाक्ष गर्छन्, लयको लेभलमात्र कम हो । उनलाई लागेको छ, ‘माधव नेपाल नहुँदा पनि एमाले ठूलो र पहिलो पार्टी भइरहन्छ भने जरुरी छ र ?’ हो, उनको त्यही आत्मविश्वास या घमण्डले एमाले ‘कलरिङ’ भइरहेको छ । ‘ब्रान्डिङ’ भइरहेको छ । फलिफाप नै छ । सत्ता पनि छ । बस नभएको माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, भीम रावल र घनश्याम भुसाल न हो ! बाँकी सब छ । केन्द्र सरकार छ, प्रदेश सरकार छ । प्रदेश प्रमुख छन् ।
एमालेभन्दा ठूलो पार्टीलाई चारपाँच वटा मन्त्रालय दिएर विनाचुनाव सात सीटे पार्टीलाई पनि दुई मन्त्री दिएर कांग्रेस जस्तै ‘पछुवा’ बनाउनु ‘ओली कला’ हो । पछुवाहरू परिआए सूर्य चिन्हमा एकनाथ ढकाल जस्तो ‘समानुपातिक’ र कमल थापा जस्ता ‘प्रत्यक्ष’ निर्वाचनमा जान पनि तयार भएको आत्मविश्वासले पनि ओलीलाई अरु बलियो बनाएको छ । यो कलाले विश्वप्रकाश शर्मा र गगन थापाहरूको जिभ्रोको घर्षण कम हुन थालेको छ । एमालेमा त ‘पिनड्रप साइलेन्स’ स्थापित भएको एकदशक भइसक्यो ।
माओवादीसँग मिसिएर सत्तामा स्थापित भएपछि एमाले पनि भाँडभैलो गर्न सफल देखिए पनि माओवादीको ओरालो यात्रालाई समवेदना दिने नेपाली जनताको मनोदशा बुझेका ओलीको अर्को आत्मविश्वास हो, ‘अहिलेसम्म चुनाव कांग्रेसले गरेको हो, तर फाइदा सधैं एमालेलाई छ ।’ त्यसैले बाँकी केही महिनापछि ओली शेरबहादुर देउवालाई सत्ता दिएर चुनावमा एमाले स्थापित गराउने लालसाले ओतप्रोत छन्, त्यसका लागि भूगोल हेरेर नेता र कार्यकर्ता व्यवस्थापनमा उनको ध्यान केन्द्रित भएको देखिन्छ । माथि उल्लिखित पाँच अनुहारबाहेक । यी पाँच अनुहार आफूप्रति सधैं अनुदार रहेको र रहिरहने भएकाले उनलाई भेट्न र पार्टी मिलाइमाग्न जानेहरूलाई पनि सम्झाइबुझाइ ओलीमात्र होइन ‘ओली कोर पंक्ति’ यही भन्ने गर्छ कि ‘बाँकी हेरौंला-गरौंला । ती पाँच अनुहारको फेरि कुरा नगर्नू ।’
पार्टी स्थापनाको तीन वर्षमा अधिकांश नेता कार्यकर्ता समाजवादी ‘पार्टी बन्न नसक्ने’ निष्कर्षमा पुगेको सञ्चार गराइएको छ । अझ मध्य असारमा सम्पन्न दशौं महाधिवेशन र त्यसले स्थापित गरेको मान्यता अनि भदौमा बसेको पहिलो केन्द्रीय कमिटी बैठकले छानेको पदाधिकारीको हुलियापछि समाजवादी पार्टीमा देखिएको असन्तुष्टि एक हिसाबले निकै डरलाग्दो छ ।
पार्टी स्थापनाको तीन वर्षमा अधिकांश नेता कार्यकर्ता समाजवादी ‘पार्टी बन्न नसक्ने’ निष्कर्षमा पुगेको सञ्चार गराइएको छ । अझ मध्य असारमा सम्पन्न दशौं महाधिवेशन र त्यसले स्थापित गरेको मान्यता अनि भदौमा बसेको पहिलो केन्द्रीय कमिटी बैठकले छानेको पदाधिकारीको हुलियापछि समाजवादी पार्टीमा देखिएको असन्तुष्टि एक हिसाबले निकै डरलाग्दो छ । समाजवादीका नेताहरूले फोन पनि नउठाउने र एमालेका नेताले खोजीखोजी फकाउने अभियान चलिरहँदा ‘ओली चाहना’ले नै अहिले एमाले नेताहरू पनि भन्न थालेका छन्, ‘अरु सबै ल्याउने हो, उहाँहरूलाई चैँ संगठित सदस्यतामात्र खपत गराउन अब समय खेर नफाल्ने कि ?’
त्यही एमाले पंक्ति भनिरहेको छ, ‘भीम रावललाई उपाध्यक्ष दिने कुरामा कहाँ असहमति थियो र ? सुरेन्द्र पाण्डे हुने, गोकर्ण, लालबाबु, योगेश हुने, भीम नहुने कुरा थिएन, तर अध्यक्ष नै उठेपछि त कुरा सकिगयो ।’ त्यही स्रोत भन्छ, ‘वामदेव अहिले आउनेमात्र भन्छन्, आएपछि उनको ‘गनगन’ व्यवस्थापन चुनौती छ, उनी बेलाबेला अस्वाभाविक भइहाल्छन्, कहाँ व्यवस्थापन गर्ने, न रहरलाग्दो पछि लाग्ने पंक्ति छ न त भरलाग्दो नेतृत्वको सहयोगी हुने विश्वास छ । एमालेभित्र छाएको ‘स्वस्तिशान्ति’ भंग हुने र अर्को ‘सत्यनारायण पूजा’ लगाउनुपर्ने दिनको खतरा छ ।’ यस्तै घनश्याम भुसालले एक कार्यकाल टिकट नपाउँदैमा पार्टी छाड्ने अराजकतामा पनि ‘मल हाल्नु’ बेकार हुने भन्दै एमाले पंक्ति सक्दो खुइल्याउने अभियानमा छ । पहिला माधव नेपाल छाडे, अहिले एमाले छाडे । भुसालबारे यो छुद्र टिप्पणीको समाजवादीजन उत्तर दिन पनि सकिरहेका छैनन् ।
यस्तो अवस्थामा उनीहरूको रोजाइ झलनाथ खनाल र माधव नेपाल कसरी हुनसक्छ ? एमालेको एउटा स्रोतले भन्यो, ‘यदाकदा पूर्वराष्ट्रपतिबाट पनि नेपाल-ओली दूरी कम गराउन सकिन्छ कि भन्ने विषयमा परामर्श भएको देखिन्छ, यसमा ‘ओली रुचि’ ‘निल’ छ ।’ यसको पुष्टि त त्यहीबाट हुन्छ, जसले सुनाए, तर तत्काल ओली-नेपाल एक ठाउँमा ल्याउने दुवै पार्टीको लाखौं चाहनामा लगातार तुसारापात भइरहेको पक्का हो । तत्काल समाजवादी एमालेसँग उभिन कठिन भइरहेको छ । समाजवादी पार्टी बनाउने अभियानमा नेताहरूको निष्क्रियता र कार्यकर्तामा देखिएको निराशा पुर्ने कार्यक्रम समाजवादीले ल्याउन सकेको छैन । एकातिर कुनै पनि बेला पार्टी फुट्ने हल्लाले घर गरेको छ । अर्कातिर पार्टीभित्रका जितेका र हारेका नेताहरूको दम्भ र आरिसले पनि नेतृत्वलाई उस्तै सकस देखिन्छ ।
एमालेको एउटा स्रोतले भन्यो, ‘यदाकदा पूर्वराष्ट्रपतिबाट पनि नेपाल-ओली दूरी कम गराउन सकिन्छ कि भन्ने विषयमा परामर्श भएको देखिन्छ, यसमा ‘ओली रुचि’ ‘निल’ छ ।’ यसको पुष्टि त त्यहीबाट हुन्छ, जसले सुनाए, तर तत्काल ओली-नेपाल एक ठाउँमा ल्याउने दुवै पार्टीको लाखौं चाहनामा लगातार तुसारापात भइरहेको पक्का हो ।
हालै समाजवादीले गरेको सन्देशसभामा पनि यसको छनक देखियो । सम्मानित नेता झलनाथ खनालले छुट्टै विज्ञप्ति निकालेर उपमहासचिव मेटमणि चौधरीको अभिव्यक्तिको आलोचना गरे । पार्टी अध्यक्ष माधवकुमार नेपालले ‘स्पष्टीकरण’ दिइसकेपछि यसलाई उचाल्नुको अर्थ नभएको बताए । यो विषयमा नेताहरूको पक्ष-विपक्ष अभ्यासले कार्यकर्तामा असन्तुष्टि चुलिएको देखिन्छ । पार्टी नेता उर्वादत्त पन्तले त जनता टेलिभिजनको अन्तर्वार्तामा चौधरीलाई पार्टीबाट निकाल्नेमात्र होइन, मुद्दा लगाएर जेल हाल्नुपर्ने तर्क गरेका छन् ।
यस्तै अनेक जोमिखयुक्त क्रियाकलापमा पार्टी पुस्ता लगातार विभाजित भइरहँदा यसको फाइदा एमालेजनलाई पुगिरहेको छ । किनभने एमाले विभाजन गराएर बनाइएको पार्टी त्यतिखेर बन्छ, जब एमाले बिग्रँदै, खिइँदै जान्छ र समाजवादी बलियो हुँदै जान्छ । समाजवादीमा माओवादी र कांग्रेस या रवि लामिछानेका एकाध नेता कार्यकर्ता आउने हो, बढी आउनुपर्ने या पहिरो जानुपर्ने एमालेमै हो, तर एमाले नबिग्रँदा समाजवादी आआफैं जुधाजुध गरेर समय बर्बाद भइरहँदा एमाले भत्कनुपर्नेमा बलियो भइरहँदा हेभीवेट नेताहरूको मौनता र केहीको एमालेसँग लगातार सम्बन्धले समस्या भएको हो । जसले बेफाइदा समाजवादीलाई भएकोमा शंका छैन ।
समाजवादी आन्दोलनलाई जिल्लाबाट वडामा लैजानुपर्ने अवस्थामा पार्टी पंक्ति महाधिवेशनपछि कामयाव हुन सकेको छैन । यो अवस्थामा पार्टी नेता र कार्यकर्ता व्यवस्थापन पनि फितलो देखिएको छ । यो फितलोपनको फाइदामा माओवादीबाट लगातार दुरुपयोग भइरहेको विषय पनि एमालेले जस्तै जनता समाजवादी पार्टी नेपालले बजारीकरण गरेको छ । केही दिनअघि भएको भेटमा जसपा नेपाल अध्यक्ष उपेन्द्र यादवले भनेका थिए, ‘प्रचण्डले समाजवादीलाई प्रयोग मात्र गरे, आफ्नो सत्ताका लागि उनले गरेको दुरुपयोगबारे माधव नेपाल समूहले भेउ नै पाएन ।’
समाजवादीमा माओवादी र कांग्रेस या रवि लामिछानेका एकाध नेता कार्यकर्ता आउने हो, बढी आउनुपर्ने या पहिरो जानुपर्ने एमालेमै हो, तर एमाले नबिग्रँदा समाजवादी आआफैं जुधाजुध गरेर समय बर्बाद भइरहँदा एमाले भत्कनुपर्नेमा बलियो भइरहँदा हेभीवेट नेताहरूको मौनता र केहीको एमालेसँग लगातार सम्बन्धले समस्या भएको हो ।
यादवको तर्क थियो, ‘शुरुमा ओलीविरुद्ध माधव नेपाल प्रयोगमा प्रचण्ड सफल भए, त्यसपछि ओली तर्साउन कांग्रेस गठबन्धनमा पनि समाजवादी पंक्ति तयार भयो, प्रधानमन्त्री हुनै लागेका बेला गठबन्धन फेरेर प्रचण्ड आफैं प्रधानमन्त्री भए, त्यसपछि फेरि कांग्रेसविरुद्ध गएर आफू बलियो अवस्थामा रहन पनि समाजवादी समूह प्रयोग भयो ।’
यादवलाई माओवादी पंक्तिप्रति आक्रोश छ, तर उनले दिएको तर्कमा समाजवादीले ‘होइन’ भन्ने ठाउँ छैन । एकदुई थान मन्त्रीका लागि ३२ सीटे माओवादीले कांग्रेस र एमालेसँग मिलेर १० सीटे समाजवादीलाई पारेको हायलकायलले पछिल्लो समय माओवादीप्रति समाजवादीको लचकता धेरैलाई मन परेन । माओवादी ‘समाजवादी’ पार्टीको आवरणमा सुरक्षित हुँदै ‘कलम’ चुनाव चिह्नमा तयार भएको सन्देश मेटमणि चौधरीहरूले प्रवाह गरिरहँदा पनि समाजवादी पंक्तिको आकर्षण ‘पुरानै घर’ भएकाले पनि यतिखेर समाजवादी आन्दोलन अरु पेचिलो बनेको छ । पार्टी पुनर्गठनको पुष्टिमा नेताहरू नै प्रश्न गरिरहेका छन् ।
दशैंकै छेउछाउमा एमालेको जोडबलमा समाजवादीका सांसदहरू तितरबितर हुने हल्लाले यतिखेर समाजवादीलाई अरु चुनौती थपिएको छ, तर शीर्ष नेतृत्वको गतिशीलता कामयाव देखिएको छैन । बरु कार्यकर्ता शिथिल मनोदशामा देखिन्छन् । उनीहरूको मनोदशा बुझेर हुनुपर्छ, प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली माधव नेपालमा भन्दा शेरबहादुर देउवामा एमालेको भविष्य सुरक्षित देख्छन् । उनी जाने जत्तिलाई भन्न थालेका छन्, ‘हर चुनाव कांग्रेसले गरेको हो, माधव नेपालदेखि अहिलेसम्म कांग्रेसले गरेको चुनावमा एमालेलाई फलिफाप भएकाले शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण नै एमालेको राजनीति सुरक्षित अवतरणको बाटो हो, त्यसैले अहिले समाजवादीका हेभीवेट नेता होइन, प्रभाव पार्ने कार्यकर्ता चैँ जनमत, जसपा जस्तै रत्याएर साथमा राख्नु हितकर छ ।’
यता समाजवादीका केही नेताहरूको दौडधूपले पनि ओलीलाई यस्तो विश्वास बढेको एक समाजवादी सांसदले बताए । बाँकी राजनीतिक दृश्यमा देखिँदै जाने विषय हो । उसमाथि उनीहरूले नरुचाएको पाँच अनुहार पनि एकठ्ठा छैनन्, यो आफैंमा एमालेलाई ‘लाभ’को विषय हुँदै हो ।
“स्याउले सिम्फाेनी” उपन्यास जस्तै लेख ।
के लेखेको ? वाहियात कुरा ।
यो हुने नै, हो कुनै उपन्यास होइन । एक हप्ताभित्रै अध्यादेश बाट आउने २० प्रतिशत ले कमाल गर्छ । १० सिटमा ६ र ४ को खेल अवश्य हुन्छ।
समाजवादी प्रेस संगठनका नेता रामकुमार एलन पनि अब आफ्नै पार्टी सँग कायल भएको बुझ्न सकिन्छ ।