विश्वव्यापी सकस, बदलिनुपर्छ मानिस – Nepal Press
ब्लग

विश्वव्यापी सकस, बदलिनुपर्छ मानिस

संयुक्त राष्टसंघको ७९औं महासभामा मानव समुदायले कुनै न कुनैले भोग्नुपरेका जलवायु परिवर्तन, गरिबी र असमानताका असरबारे बहस चलिरहेको परिप्रेक्ष्यमा केही चर्चा गर्ने कोसिस गरेको छु । खासमा मानव जगत जलवायु परिवर्तन, गरिबी र असमानता रुपी त्रासको शिकार भैरहेका छौं । यो श्रृंखला रोकिनेवाला देखिँदैन । हाम्रो मानव समुदायको जनसंख्या करिब आठ अर्बभन्दा बढी नै छ ।

अमेरिकाको न्यूयोर्कमा चलिरहेको संयुक्त राष्ट्रसंघको ७९औं महासभामा दिगो विकासका लक्ष्यहरू प्रतिबद्धता जनाउने प्रक्रिया निरन्तर छ । संसारभरका राष्ट्र प्रमुख र सरकार प्रमुखहरू मानव हितका पक्षमा एकमुख जस्तै देखिएका छन्, तर गरिब राष्ट्रका मानिसहरू तुलनात्मक रुपमा जलवायु परिवर्तन, गरिबी र असमानताको शिकार भैरहेका छन् । कष्टकर जीवन व्यतित गरिरहेका छन् ।

भुईंमान्छेका आवाज मुखरित हुन नसक्ने रहेछ । हामीलाई थाहा छ, गोठहरू, खर्कहरू, बस्तीहरू हिमताल विस्फोट भएर सिर्जित बाढीले पुरिएका छन् । बगेका छन् । बढारिएका छन् । मानव बस्तीमा रहेका हाम्रा बहुमहत्वका पुरातात्विक, ऐतिहासिक र धार्मिक आस्था भौतिक पूर्वाधार र संरचना वा निधिहरू जस्तैः चैत्य, गुम्बा, मन्दिर, मूर्ति, पोखरी विनाश भएका छन् ।

संसारभरका राष्ट्र प्रमुख र सरकार प्रमुखहरू मानव हितका पक्षमा एकमुख जस्तै देखिएका छन्, तर गरिब राष्ट्रका मानिसहरू तुलनात्मक रुपमा जलवायु परिवर्तन, गरिबी र असमानताको शिकार भैरहेका छन् । कष्टकर जीवन व्यतित गरिरहेका छन् ।

हामी यति कमजोर भएका छौं कि ध्वस्त भएका हाम्रा पुरातात्विक, ऐतिहासिक र धार्मिक आस्थाका महत्वका पूर्वाधार र भौतिक संरचनाको गणना र लेखाजोखा पनि गर्न सकिरहेका छैनौं । हामी विनाशको समेत लेखाजोखा र गणना गर्न नसक्ने अवस्थामा छौं । हाम्रा विनाश भएका सम्पत्तिको लेखाजोखा र विश्लेषण गर्ने हाम्रो पहुँच छैन ।

उदाहरणका लागि अघिल्लो महिना सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको प्रसिद्ध ठाउँ खुम्बुको थामे गाउँलाई हिमपहिरोबाट सिर्जित बाढी पहिरोले क्षतविक्षत बनाएको दुःखद भोगाइको एउटा ताजा अनुभव नेपालीसामु छ । नेपालमा नामकरण गरिएका र नगरिएका समेत साना-ठूला गरी हजारौं हिमाल छन् । ती हिमाल नेपालको सिमानाभित्र समेटिए पनि संसार मानव जगतका सम्पत्ति हुन् ।

किनभने हिमालमा परेको सेतो हिउँले टाढाटाढाका समस्त मानव समाज र सभ्यताका लागि कुनै न कुनै रुपमा योगदान गरिरहेकै हुन्छन् । संसारमा हामीले बदल्नुपर्ने व्यक्ति एउटै छ । त्यो हो आफू ! हामीले आफूलाई बदलेर कार्बन उत्सर्जनमा कमी ल्याउन सके, हिउँसहितका हिमाल जोगिन्छन् । मानवमात्र हैन, प्राणी जगत सुरक्षित हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *