नेपालमा पहिलोपटक स्याउ मेला आयोजना हुने (भिडिओ) – Nepal Press

नेपालमा पहिलोपटक स्याउ मेला आयोजना हुने (भिडिओ)

काठमाडौं । काठमाडौंमा पहिलो पटक स्याउ मेला आयोजना हुने भएको छ ।

ठमेलको होटल मनाङको सहकार्यमा किसान भेन्चरको आयोजनामा हुन लागेको मेला असोज १७ गतेदेखि तीनसम्म चल्ने छ ।

किसान भेन्चरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालमा स्याउ खेतीलाई प्रोत्साहन गर्न नेपाल एप्पल फेस्ट २०२४ आयोजना गरिएको जनाएको हो । महोत्सवमा जुम्ला, हुम्ला, बाजुरा, मनाङ, मुस्ताङ, जाजरकोटसहित विभिन्न जिल्लामा उत्पादन भएका १५ प्रकारका स्याउहरु राखिने किसान भेन्चरका सिइओ राजेश कार्कीले जानकारी दिए ।

विभिन्न कारणले नेपालमा उत्पादीत स्याउले बजारीकरणको अभाव झेल्नुपरेको र ९० प्रतिशत स्याउ चीन र भारतबाट आयात हुने गरेको उनले बताए ।

 

स्थानीय किसानसँग स्याउ खरिद गरेर उपभोक्ता, आपूर्तिकर्ता र उद्योग विशेषज्ञसँग सिधा सम्पर्क गराउने उदेश्यका साथ मेलाको आयोजना गरिएको उनको भनाइ छ । मेला ठमेलस्थित होटल मनाङमा आयोजना हुने बताइएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर