दुर्गा प्रसाईंको बयान जारी, समर्थकहरूलाई प्रहरीले लखेट्यो – Nepal Press

दुर्गा प्रसाईंको बयान जारी, समर्थकहरूलाई प्रहरीले लखेट्यो

काठमाडौं । सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई बयानका लागि सरकारी वकिल कार्यालयमा लगिएको छ ।

हिरासत छल्न वीर अस्पताल भर्ना भएका प्रसाईंलाई बयानका लागि सरकारी वकिल कार्यालयमा लगिएको हो ।

उनको बयान जारी छ । प्रसाईंलाई बयानको लागि लिएर आउने क्रममा उनका समर्थकहरुले सरकारी वलिक कार्यालयअघि केहीबेर विरोध प्रदर्शन गरेका थिए ।

प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाएर माइतीघर पठाएको छ । गत शुक्रबार पक्राउ परेका प्रसाईंमाथि थप अनुसन्धान गर्न जिल्ला अदालतले तीन दिनको म्याद थप गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर