यातायात व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारीमा सहसचिव राजिव पोखरेल – Nepal Press

यातायात व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारीमा सहसचिव राजिव पोखरेल

काठमाडौं । यातायात व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव राजिव पोखरेललाई दिइएको छ । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै भर्खरे मात्र मन्त्रालयमा सरुवा भएर आएका पोखरेललाई विभागको महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।

मन्त्रिपरिषद्ले ४० जना सहसचिवको सरुवा गर्दा एक साता अघि मात्रै पोखरेल उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय मधेश प्रदेशको प्रदेश सचिवबाट भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएर आएका थिए ।

मधेश प्रदेश मन्त्रालयको सचिव भन्दा अघि उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रोजगार व्यवस्थापन महशाखा प्रमुखको जिम्मेवारीमा थिए भने त्यस अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहसचिवको जिम्मेवारीमा थिए ।

यस अघि विभागको महानिर्देशकको जिम्मेवारीमा सहसचिव उद्धवप्रसाद रिजाल रहेका थिए । उनले २०८० भदौ २५ देखि करिव एक वर्ष महानिर्देशकको जिम्मेवारी सम्हालेका थिए । रिजाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशमा प्रदेश सचिवको जिम्मेवारीमा कामकाजमा खटाइपछि महानिर्देशकको पद रिक्त भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर