दसैंका लागि अग्रिम बस टिकट १२ गतेबाट खुल्ने – Nepal Press

दसैंका लागि अग्रिम बस टिकट १२ गतेबाट खुल्ने

काठमाडौं । दसैंका लागि अग्रिम बस टिकट असोज १२ गतेबाट खुल्ने भएको छ । आज यातायात व्यवस्था विभागमा यातायात व्यवसायी र विभाग बीच भएको छलफलमा १२ गतेबाट अग्रिमा टिकट बुकिङ खुल्ला गर्ने सहमती भएको हो ।

दसैंमा घर जानका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेबाट खोल्ने सहमती भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाल बताए ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचिव भरत नेपालले पनि १२ गतेबाट अग्रिम बस टिकट खुल्ला गर्ने निर्णय भएको बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर