प्रथम नेपाली गभर्नर हिमालय शम्शेरको स्मृतिमा भारतीय रिजर्भ बैंकका गभर्नरको सम्बोधन – Nepal Press

प्रथम नेपाली गभर्नर हिमालय शम्शेरको स्मृतिमा भारतीय रिजर्भ बैंकका गभर्नरको सम्बोधन

काठमाडौ । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शम्शेर राणाको प्रथम स्मृतिमा भारतीय रिजर्भ बैंकका गभर्नर शशिकान्त दासले सम्बोधन गरेका छन् । काठमाडौंमा आयोजित फर्स्ट हिमालय शमशेर मेमोरियल लेक्चरलाई सम्बोधन गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले आयोजना गरेको लेक्चरको एक्काइसौं शताब्दीको केन्द्रीय बैंक सम्बन्धी शीर्षकलाई सम्बोधन गर्न दास काठमाडौं आएका हुन् । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको साढे २ वर्षअघि निधन भएको हो ।

९५ वर्षीय जबराको २०७९ माघ २२ गते बिहान निधन भएको थियो । १४ वर्षको उमेरमा मेट्रिक पास गरेका राणा नेपाल सरकारको सचिव हुँदै राष्ट्र बैंकको पहिलो गर्भनर बनेका थिए । उनी २०१३ वैशाख १४ देखि २०१७ माघ २५ सम्म नेपाल राष्ट्र बैंकमा गभर्नर थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर