लिवाङकी २६ वर्षीय सरिताले तिमल्याहा छोरीलाई जन्म दिइन् – Nepal Press

लिवाङकी २६ वर्षीय सरिताले तिमल्याहा छोरीलाई जन्म दिइन्

रुपन्देही । प्यूठानको गौमुखी गाउँपालिका-६ लिवाङकी २६ वर्षीय सरिता परियारले तिमल्याहा छोरी जन्माएकी छन् ।

प्युठान अस्पतालमा मङ्गलवार १३ मिनेटको अन्तरमा तिमल्याहा छोरीको जन्म दिएकी छिन् । सरिता नर्मल डेलिभरी (साधारण) बाट सुत्केरी भएकी हुन् ।

बिहान ११ बजेर २६ मिनेट जाँदा पहिलो छोरी १ किलो ८ सय ग्राम तौल, ११ बजेर ३५ मिनेटमा २ किलो र ११ बजेर ३९ मिनेटमा २ किलो एक सय ग्राम तौल रहेकी छोरीको जन्म दिएकी हुन् । तीन वटै छोरीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

सुत्केरी व्यथा लागेपछि लिवाङ स्वास्थ्य चौकीमा पुर्‍याइएको थियो । स्वास्थ्य चौकीले प्युठान अस्पताल रिफर गरेको हो ।

स्वास्थ्यचौकीमा अल्ट्रासाउन्ड (भिडियो एक्सरे-युजिसी) गराउँदा दुई वटा बच्चा देखिएको भनिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर