शंकर पोखरेलको टिप्पणी- कारवाहीको सिफारिस हुँदा पनि रविले भ्रमपूर्ण प्रचार गरे (भिडिओ)
'प्रचण्डले सत्ताबाट बाहिरिनुपर्दाको छटपटी पोख्दैछन्, माओवादी हिंसामात्रै थिएन आतंक नै थियो'
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसदीय छानबिन समितिले कारवाही गर्न सिफारिस गर्दा पनि रास्वपा सभापति रवि लामिछानेले भ्रमपूर्ण प्रचार गरेको दाबी गरेका छन् । धनगढीमा प्रेस चौतारी नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले क्लीन चीट अदालतले सफाइ नदिई नपाइने बताए ।
उनले भने, ‘क्लीन चिट पाए भनेर घोषणा गर्ने कुरा होइन । क्लीन चिट अनुसन्धानको प्रक्रियामा प्रवेश गरेपछि सफाइ पाएपछि मात्रै पाइन्छ । हल्ला गरेको भरमा क्लीन चिट पाइने होइन । संसदीय छानबिन समितिले कानूनसम्मत कारवाही गर भनेको छ । कारवाही गर भनेको विषयलाई क्लीन चिट प्राप्त गरे भनेर भ्रमपूर्ण प्रचार गरेका छन् । त्यो अनुचित हो ।’
उनले सरकारबाट बाहिरिनुपर्दा प्रचण्डको छटपटीको कारणले राष्ट्रिय राजनीति तनावपूर्ण बनेको बताए ।
उनले भने, ‘सरकार गठन भएको १०० दिन नपुग्दै उहाँले जुन अभिव्यक्ति दिनुभयो, त्यो पूर्णत असंसदीय र अराजनीतिक थियो । त्यही अभिव्यक्तिका कारण संसदभित्रै गतिरोध उत्पन्न भयो । माओवादी आन्दोलन हिंसाको आलोचना गर्दा हिंसा असंसदीय हो भनेर विरोध गर्नुभयो । उहाँले राष्ट्रमा आतंक नै गर्नुभएको छ ।’
उनले माओवादीको १० वर्षे आन्दोलन हिंसामात्रै नभएर आतंक नै भएको दाबी गरे । मुलुकको लोकतन्त्रलाई स्थायित्व बनाउँदै संविधान संशोधन गर्दै अगाडि बढ्नको लागि कांग्रेससँग मिलेको बताए ।
देशमा सरकार छ, सुरक्ष्या निकाय छन् र अदालत छ !!
१. त्यो बाहिरका मान्छेले आफै कारबाही गर्ने निकाय जस्तो अभियोग लगाउने, नचाहिदो टिप्पणी गर्ने र परिस्थितिलाई द्वन्द तिर धकेल्ने यस्ता अभिब्येक्ति बन्द गर !!
२. देशको नेतृत्व गरेको पार्टी र नेताले यस्ता नचाहिने कुरा हैन चनिहिने काम गर्ने हो !! परिस्थितिले देशको नेतृत्व ओलीलाई दिएको छ जुन आजको सबै भन्दा उपयुक्त छ तर ओलीकै छुद्र (नबोल्दा पनि हुने, बोल्ने नपर्ने कुरा बोल्ने) प्रस्तुतिले परिबेस भड्किन्छ, झन् यस्ता ‘केटा’ हरुको गैरजिम्मेवार टिप्पणी : बोल्दा बिचार गर !!!
३. रबि हुन् या बालेन, हर्क हुन् या हमाल : तिनले तिनको काम गर्लान : ५ वर्ष पछि फेरी चुनाव आउछ, जनताले गर्छन निर्णय !!
४. को के कुन ठाउँमा कत्ति जिम्मेवार छ त्यो बुझेर कुरा हैन काम गर !!