सुनिशा बजगाईं भन्छिन्- जुम्ल्याहा बच्चा पाउने मन छ – Nepal Press

सुनिशा बजगाईं भन्छिन्- जुम्ल्याहा बच्चा पाउने मन छ

काठमाडौं । कुनै पनि सेलिब्रिटीले विवाह गरेपश्चात सोधिने सबैभन्दा आमप्रश्न हो- अब बच्चा कहिले जन्माउने ? राजेश हमाललाई वर्षौंदेखि यही प्रश्नले लखेटिरहेको छ, तर उनले कुनै हतारो देखाएका छैनन् ।

६० कटेका हमाललाई त हतारो छैन भने दुई वर्षअघि मात्र बिहे गरेकी सुनिशालाई केको हतार ? तर पनि पत्रकारले त सोध्छन् नै ।

हालै सुनिशाको मुख्य भूमिका रहेको टेलिश्रृंखला ‘सीता’ को एक वर्ष पुगेको अवसरमा सानो कार्यक्रम गरिएको थियो । जसमा पत्रकारहरुले सुनिशालाई बच्चा कहिले पाउने भनेर सोधेनन् । बरु सीधै प्रश्न गरे– पहिलो सन्तान के होस् भन्ने चाहनुहुन्छ ?

सुनिशाले मस्किँदै जवाफ दिइन्, ‘भन्नै मन लाग्दैन के… ! मनमा त छ । मैले छोरी भनौंला पछि छोरा जन्मियो भने ए मेरो ममाले त छोरी भनेको थ्यो भनेर चित्त दुःखाउला । छोरा भनौंला छोरी जन्मिइन् भने चित्त दुःखाउलिन् । म त केही भन्दिनँ । छ न त छ मनभित्र, तर पछि बच्चाले यो अन्तर्वार्ता हेर्दा पनि खुब छोरा चाहिएको भन्या होइन, खुब छोरी भन्नुहुन्थ्यो त भन्लान् । विचराहरुको चित्त दुःखाउँदिनँ ।’

सुनिशाले आफूलाई जुम्ल्याहा सन्तानको रहर लागेको बताइन् । आफूलाई सानैदेखि जुम्ल्याहा मनपर्ने उनको भनाइ छ ।

सुनिशा भन्छिन्, ‘मलाई जुम्ल्याहा चैं खुब रहर लाग्छ । सानैदेखि इच्छा लाग्ने क्या… ! ट्विन्स देख्यो भने पनि कस्तो इन्ट्रेस्टिङ लाग्ने । दुई जना सँगै जन्मेको, उस्तै देखिन्छ र उस्तै लुगा लगाउनुपर्छ भन्दा इन्ट्रेस्टिङ कुरा लाग्छ । म र भाइ जुम्ल्याहा भएर जन्मिएको भए पनि हुन्थ्यो जस्तो लाग्छ । अहिले पनि रहर छ । के पाउन चाहन्छेस् भन्दा जुम्ल्याहा भए पनि हुन्थ्यो भन्छु । धेरैले गाह्रो हुन्छ, दुःख हुन्छ भन्नुहुन्छ, तर पनि… ।’

सुनिशाले तीतो सत्यका बाल कलाकार राज घिमिरेसित २०७९ असारमा बिहे गरेकी थिइन् । कलाकार तथा निर्देशक शंकर आचार्यकी उनी बुहारी हुन् ।


प्रतिक्रिया

One thought on “सुनिशा बजगाईं भन्छिन्- जुम्ल्याहा बच्चा पाउने मन छ

  1. हैन कतिवटा थरले गिजोलिएको हो ? सुनिशा बजगाई,राज घिमिरेको दुलही र शंकर आचार्य कि बुहारी !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर