अध्यागमनको ‘इमेज’ सुधार आवश्यक छ : गृहमन्त्री लेखक – Nepal Press

अध्यागमनको ‘इमेज’ सुधार आवश्यक छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालय सम्बन्धी बाहिर नकरात्मक टिकाटिप्पणी हुने गरेको भन्दै अध्यागमनको ‘इमेज’ सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको स्थलगत निरीक्षण गर्दै गृहमन्त्री लेखक अध्यागमनका बारेमा राम्रो बुझाई नभएको भन्दै यहाँ कुनै खालको अवाञ्छनीय गतिविधि भए कुनै हालतले स्वीकार्य हुने बताए ।

विमानस्थलमा कार्यरत सरकारी अन्य संयन्त्रसित समन्वय गरेर काम गर्न उनले अध्यागमनका कर्मचारीहरुलाई निर्देशन समेत दिए ।

‘अन्तर्राष्ट्रिय विमानस्थल देशको ऐना हो’, उनले भने, ‘आउने मान्छेले नेपाल हेर्ने यही हो, र जाने मान्छेले पनि नेपालको व्यवहार देख्ने यहीँ हो ।’

गृहमन्त्री लेखकले अध्यागमनका सोर्हादपूर्ण, सहिष्णु,नरम र सेवामुखी हुन जरुरी रहेको बताए ।

सो क्रममा अध्यागमका कर्मचारीले अध्यागमन कार्यालयका लागि विमानस्थलभित्र ठाउँको अभाव र कार्यालयका लागि भौतिक संरचना सुधार एवं कर्मचारीहरुलाई समयक्रम अनुसार तालिम प्रशिक्षण आवश्यक रहेको बताएका थिए । अध्यागमन अनुगमनमा गृहमन्त्री लेखकसंगै गृहसचिव गोकर्णमणि दुवाडी समेत विमानस्थल पुगेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर