नेप्से पुनः २५ सयमा फर्कियो, कारोबार ४ अर्बमा झर्‍यो – Nepal Press

नेप्से पुनः २५ सयमा फर्कियो, कारोबार ४ अर्बमा झर्‍यो

काठमाडौं । बुधबार शेयर बजारमा ४९.१८ अंकको बढोत्तरी भएपनि शेयर कारोबार रकमले भने साथ छोड्दै गएको देखिन्छ । आज ४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

करिब २ प्रतिशतले बढेको बजारको इन्डेक्स २५१९.५७ विन्दुमा अडिएको छ । म्युचुअल फण्ड बाहेक सबै समुहमा हरियाली छ ।

कारोबार रकम घट्दै गइरहेको बेला ५ वटा कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । वि नेपाल लघुवित्त वित्तिय संस्था, ङ्यादी जलविद्युत, युनिक नेपाल लघुवित्त वित्तिय संस्था, सगरमाथा जलविद्युत कम्पनी र थ्रिस्टर जलविद्युतको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा ङ्यादी ग्रुप पावर अगाडी छ । यसको आज १५ करोड ६४ लाख बराबरको शेयर खरिद विक्रि भएको छ । छोटो समयमा लगातारजसो घट्दा सेयर मूल्य फेरि निकै सस्तो भइसकेको छ । बजार १९ प्रतिशतले घटिसकेको छ ।

शेयर बजार वियरिस चक्रको निकै नजिक रहेको देखिन्छ । मंगलबार नेप्से २४०० कै लाइनमा आएको थियो । बुधकार फेरि नेप्से २५ सयको लाइनमा प्रवेश गरेको छ । विश्लेषकहरु बजार वियरिस चक्र छुनै लाग्दा फेरि उकालो लाग्ने बताउँदै आएका थिए । तर त्यसका लागि कारोबार रकम भने बढ्दै जानुपर्ने हो । पछिल्लो समय कारोबार रकमले पनि साथ छोड्दै गएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर