कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु – Nepal Press

कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु

कैलाली । कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार चट्याङ लागेर दोधाराचाँदनी नगरपालिका–६ का ३४ वर्षीय यामबहादुर सुनार र लाझाडी गाउँपालिकाकी १ २८ वर्षीय हिरामती रानाको
मृत्यु भएको हो ।

रुखमा ओत लाग्ने क्रममा सुनारलाई चट्याङ लागेको थियो भने रानालाई खेतबारीमा काम गर्ने क्रममा चट्याङ लागेको थियो । चट्याङ लागेर दोधाराचाँदनी नगरपालिकाकै २ जना घाइते पनि भएका छन् ।

घाइते हुनेमा ३७ वर्षीय जगदिश सुनार र ३० वर्षीय बिक्की सुनार रहेका रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका नायव प्रहरी उपरीक्षक उमेशप्रसाद जोशीले जानकरी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर