विराटनगरको इलेक्ट्रिक साइकल सोरुममा आगलागी (भिडिओ) – Nepal Press

विराटनगरको इलेक्ट्रिक साइकल सोरुममा आगलागी (भिडिओ)

विराटनगर । मोरङको विराटनगर-२ मुनालपथमा रहेको इलेक्ट्रिक साइकलको सोरुममा आगलागी हुँदा करोडौंको क्षति भएको छ ।

 

बुधबार दिउँसो मुनालपथमा रहेको इलेक्ट्रिक मोटरसाइकल र बाईक विक्री गर्ने भव्या इन्टरनेशनलमा आगलागी भएको थियो ।

कोशी राजमार्गमा पर्ने सो पसलमा इलेक्ट्रिक बाइक मर्मत गर्ने क्रममा आगलागी भएको बताइएको छ । आगलागीबाट इलेक्ट्रिक बाइक, स्कुटी, व्याट्री लगायतका सामग्रीहरु जलेको र करिब डेढ करोड रुपैया बराबरको क्षति भएको सो पसलका सञ्चालक मनिष बंशलले जानकारी दिए ।

नेपाल प्रहरी, नगर प्रहरी र नेपाली सेनाको सहयोगमा विराटनगर महानगरनगरपालिकाको ३ वटा दमकलले आगलागी नियन्त्रणमा लिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर